बुटवल, साउन २१ ।
संयुक्त अरब ईमिरेट्स (यूएई) ले आजदेखि नेपाल- यूएई आगमन खुल्ला गरेको छ।
यूएई सरकारले यूएई आउनको लागि यूएई मै २ डोज खोप लगाएको हुनुपर्ने र यूएईका अस्पताल वा सरकारी निकायबाट जारी खोप सर्टिफिकेट भएको हुनु पर्ने नियम लागू गरेको छ ।
जसका कारण यूएईमा नै आवश्यक खोपको मात्रा प्राप्त गरी कम्तीमा १४ दिन पूरा गरेको र यूएईकै सरकारी स्वास्थ्य संस्थाबाट जारी खोप कार्ड वा भ्याक्सिन प्रमाण पत्र भएको नेपाली नागरिक मात्र यूएई आगमन हुन सक्नेछन्।
यूएई सरकारले यात्रा अनुमति दिए पनि यूएईबाट कोभिड भ्याक्सिन नलगाइ नेपाल गएका अन्य नागरिकहरू हकमा यो नियम लागु हुने छैन। जसले गर्दा लामो समय देखि नेपालमै अड्केर बसेका श्रमिकहरू सहजै यूएई प्रवेश गर्न सक्ने छैनन्। अर्थात् खोप नलगाई छुट्टीमा गएकाहरू वा नेपालमा दुई खोप लगाउनेहरूले समेत यूएई आउन पाउने छैनन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)