Logo मंगलवार, श्रावण १२ गते २०८३
images

अर्घाखाँचीमा आजदेखि साउन ३० गतेसम्म पूर्णकालिन निषेधाज्ञा 

अर्घाखाँचीमा आजदेखि साउन ३० गतेसम्म पूर्णकालिन निषेधाज्ञा 

  • 3.0K
    SHARES

  • अर्घाखाँचीमा आजदेखि साउन ३० गतेसम्म पूर्णकालिन निषेधाज्ञा 

    बुटवल,साउन १६ -

    अर्घाखाँचीमा आजदेखी पुर्णकालिन निषेधाज्ञा हुदै छ ।  कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएपछि रोग फैलन नदिन पुर्णकालिन निशेधाज्ञा गर्ने भएको हो ।

    आज राती १२ बजेबाट लागु हुनेगरी ३० गतेसम्म पुर्ण निषेधाज्ञा जारी गर्ने डिसिसिएमसी को बैठकले निर्णय गरेको छ । कोरोनाको उच्च जोखिम भएकाले कडा निषेधाज्ञा लागु गरिने प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले जानकारी दिनभयो ।
    अत्यावश्यक पसलहरु बिहान ६ देखि ९ बजेसम्म खुल्ने छन् । यातायात, बैंक तथा वित्तीय संस्था पुर्ण रूपमा बन्द हुने निर्णय भएको छ । अर्घाखाँचीमा अहिले सम्म ५ सय ६१ जना सक्रिय संक्रमित रहेका छन् । कोभिडका २६ जना विरामी अर्घाखाँची अस्पतालमा भर्ना भएका छन् । 

    गत  साउन ३० मासक्रिय संक्रमित १८९ रहेको थियो । १५ दिनमा त्यो संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य मापदण्ड पालना नहुनु लगायतका कारण कोरोना संक्रमित बढेको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताउनु भयो । 

    आज भन्दा एक हप्ता अघि ६ जना विरामी अर्घाखाँची अस्पतालमा भर्ना भएकोमा आज बुधबार सम्म २६ जना कोभिडका बिरामी भर्ना भएको र उपचार भैरहेको डाक्टर कपिल गौतमको भनाई छ । अस्पातलमा बिरामी राख्ने समस्या समेत सृजना भएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology