Logo बिहिवार, आश्विन १ गते २०८३
images

कोरोना महामारीको असर :‘लुम्बिनी र गण्डकीमा सबैखाले अपराधमा बृद्धि’

कोरोना महामारीको असर :‘लुम्बिनी र गण्डकीमा सबैखाले अपराधमा बृद्धि’

  • 2.5K
    SHARES

  • कोरोना महामारीको असर :‘लुम्बिनी र गण्डकीमा सबैखाले अपराधमा बृद्धि’

    बुटवल,साउन १२- 

    कोरोना महामारीले विभिन्न प्रकारका अपराधमा बृद्धि भएको सरोकारवालाहरुले औल्याएका छन् ।

    मंगलवार शान्तिका लागि साझा अभियान (कोक्याप)ले रुपन्देहीमा आयोजना गरेको लुम्बिनी र गण्डकी प्रदेशमा कोरोना माहामारी पारेको प्रभाववारे छलफल कार्यक्रममा सहभागीहरुले लैगिंक ,राजनैतिक र सुशासनका  क्षेत्रमा अपराध बढेको धारणा राखेका थिए ।

    कोरोनाको कहरका कारण नागरिक समाजको भूमिका प्रभावकारी हुन नसकेको, नागरिक समाज प्रभावकारी नहुदा तीनै तहका सरकारले आर्थिक सुशासनमा पारदर्शीता देखाउन नसकेको, दैनिक ज्यालादारी गरि खानेहरुको घरपरिवारमा लैगिंक हिंसा हुने गरेको समेत उनीहरुले बताएका छन् । शान्तिका लागि शाझा अभियान लुम्बिनी प्रदेशकी संयोजक शोभाना मिश्राले कोरोनाको कहरले  प्रदेशमा आत्महत्याको संख्या बढेको औल्याउनुभयो ।

    शान्तिका लागि साझा अभियान गण्डकी प्रदेशकी संयोजक सरु अधिकारीले कोभिडको क्रासका कारण वालवालिका र महिलाहरुमा घरभित्रै वसीरहदा मानसिक सन्तुलन गुमाउने लगायतका समस्या देखापरेको गरेको बताउनुभएको छ ।

    अभियान नेपालका सिनियर कार्यक्रम संयोजक महेश राज भटृले मुलुकका सातैवटा प्रदेशसमा कोरोनाले पारेको प्रभाव र  हुने गरेका अपराधजन्य घटनाहरुको वारेमा तथ्यांक र अनुभव संकलन गरि एउटा रिर्पोट तयार गर्ने बताउनु भयो ।

    सातवटै प्रदेशका नागरिक समाजको सहभागितामा कोरोना शुरुभएपछि र पहिलाको प्रदेशमा भए गरेका परिघटनाहरु र उत्पन्न अपराध जन्य क्रियाकलापका वारेमा यर्थाथता संकलन गर्न का लागि कार्यक्रम आयोजना गरिएको अभियानकी कार्यक्रम अधिकृत मिभुसा घिमिरेले बताउनुभयो । 

    सो अवसरमा बुटवल उपमहानगरपालिकाका बरिष्ठ अधिकृत रामप्रसाद अर्याल पत्रकार किपल ज्ञवाली लगायतले बाेल्नुभएको  थियाे । कार्यक्रममा २७ जनाको सहभागिता रहेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology