बुटवल,साउन १०-
रोट्रयाक्ट क्लब अफ लुम्बिनी वाणिज्य क्याम्पसको अध्यक्षमा बरुण ज्ञवाली चयन भएका छन् । रोट्रयाक्ट क्लवले शनिबार पदस्थापन कार्यक्रम गरेको छ ।
क्लवका निवर्तमान अध्यक्ष खिमानन्द पौडेल र नवनिर्वाचित अध्यक्ष ज्ञवालीको संयुक्त अध्यक्षतामा पदस्थापन कार्यक्रम भएको हाे । लुम्बिनी वाणिज्य क्याम्पसका सहायक क्याम्पस प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक विष्णु जोशीले आगामी दिनमा थप सिर्जनशील भइ अगाडि बढ्नुपर्ने बताए ।
सचिव ऋषि पाण्डेले संचालन गरेको साे कार्यक्रममा स्वागत मन्तव्य दिपक अधिकारीले दिएका थिए । नवनिर्वाचित अध्यक्ष ज्ञवालीले आफ्नाे कार्यकाललाई थप ब्यबस्थित बनाउने र सामाजिक कामलाई अगाडि सार्ने प्रतिबद्धता जनाए ।
(
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)