Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रोल्पाका १२ वर्षिय बालकको उपचारमा दाह्री ग्याङ रूपन्देहीको सहयोग

रोल्पाका १२ वर्षिय बालकको उपचारमा दाह्री ग्याङ रूपन्देहीको सहयोग

  • 5.5K
    SHARES

  • रोल्पाका १२ वर्षिय बालकको उपचारमा दाह्री ग्याङ रूपन्देहीको सहयोग

    बुटवल,साउन ६- 

    दाह्री ग्याङ रूपन्देहीले रोल्पाका १२ वर्षिय बालकको उपचारमा सहयोग गरेको छ । रोल्पा जिल्ला धातावाङ बसोबास गर्ने १२ वर्षिय सन्तोष बुढा बाख्रा चराउने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएका थिए ।

    आर्थिक अवस्था कमजोर भएका बालकको उपचारमा सहयोग गरिदिन परिवारले दाह्री ग्याङ रूपन्देहीका संयोजकलाई  आग्रह गरेको दाह्री ग्याङ रूपन्देहीले जनाएको छ ।

    बालकको उपचारमा सहयोग जुटाउन सो ग्याङले पन्ध्र दिने अभियान चलाएको र सो अभियानलाई अन्य सहयोगी दाताले सहयोग गरेको अधियानका संयोजक रोशन गर्गले जानकारी दिएका छन् ।

    टाउको , हात र च्यापुमा गम्भीर समस्या भएका सन्तोषको उपचारमा करिब दुई लाख रकम संकलन गरी अस्पतालमा बुझाएको रूपन्देही सह संयोजक सागर बस्यालले बताएका छन् । बालकको गम्भीर सल्यक्रियाको लागि अस्पतालबाट केही रकम समेत छुट भएको दाह्री ग्याङ सक्रिय सदस्य लेलिन भुर्तेलले जानकारी दिए  ।

    गत आषाढ सोह्र गतेबाट सुरू गरिएको अभियान गत आषाढ ३१ गते उपचार सफल भई ग्याङका केही प्रतिनिधि आफै सन्तोषलाई घरसम्म पुर्‍याएको सह संयोजक बस्यालले बताए । 

    अभियान सुरू गर्दा निकै जटिल भएको तर पछि सबैको साथ र सहयोगले अभियान सफल हुँदा निकै खुसी लागेको रूपन्देही संयोजक विरेन्द्र जिसीले जानकारी दिनुभयो । अभियानमा दारी समर्थक युवा नेपालको पनि सहयोग रहेको साथै सहयोग गरेकोमा फोर के गेमिङ नेपाल , मगर संघ कोरिया , तिनाउ हस्पिटल प्रालि प्रशाशन , कर्मचारी , हस्पिटलका न्युरो सर्जन  डाक्टर पवन कुमार श्रेष्ठ , अर्थोपेडिक सर्जन डाक्टर योगेन्द्र अग्रहरी सबैलाई दाह्री ग्याङले धन्यवाद व्यक्त गरेको छ ।

    सामाजिक सञ्जालबाट संगठित  सो ग्याङले यस अघि पनि विभिन्न सामाजिक कामहरू गर्दै आएको छ ।help-dari gang.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology