Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कविता : पिल्सिरहेको मेराे देश

कविता : पिल्सिरहेको मेराे देश

  • 4.1K
    SHARES

  • कविता : पिल्सिरहेको मेराे देश
    -रमेश रेग्मी 
     
    लालच र सत्ता माेहले धमिलो बादल 
    थुपारेपछि देशकाे आकाशमा ,
    मान्छेका आँखाले मान्छेलाई 
    मान्छे नदेख्दाे रहेछ,
    महलका हृदयहरुले 
    छाम्न नसक्दाे रहेछ झुपडीका घाउहरु,
     
    त्यसैले त,
    विभेद निर्दयताकाे बलियो प्रखाल 
    बनेर उभिरहेको छ, 
    हत्या,हिंसा र अपराधका, 
    करामतहरु मौलाइरहेका छ्न्
    निमुखाको संवेदनामाथि,
     
    निस्ठुरी समयको अघि ,
    निर्भीकताले नागेपछि निर्लज्जाकाे परिधि,
    सकिएपछि विश्वास मर्यादाको, 
    ढलेपछि उचाई मानवताको,
    मेटिएपछि फैलावट स्वाभिमानको,
    पिल्सिरहेको छ देशको हृदय 
    दु:खको आलापहरुमा ।
     
    गुल्मी ,हाल-साउथ कोरिया 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology