Logo बिहिवार, आश्विन १ गते २०८३
images

सिद्धार्थनगरको सुन्दर ग्लास हाउसमा गएराति आगलागी,लाखाैँको क्षति

सिद्धार्थनगरको सुन्दर ग्लास हाउसमा गएराति आगलागी,लाखाैँको क्षति

  • 1.9K
    SHARES

  • सिद्धार्थनगरको  सुन्दर ग्लास हाउसमा गएराति आगलागी,लाखाैँको क्षति

    भैरहवा,असार २७ । 

    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ नारायणपथस्थित सुन्दर ग्लास हाउसमा गएराति आगलागी भएको छ ।

    अहिले आगलागी नियन्त्रणमा आए पनि आगो भने पूर्ण रुपमा निभेको छैन । शनिबार राती करिब ९ बजेदेखि आगो लागेको थियो । 

    रुपन्देहीको सिद्धार्थनगर नगरपालिकासहित जिल्लाका विभिन्न स्थानीय तहका दमकल, नवलपरासीको बर्दघाट नगरपालिका, नेपाल आयल निगम, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दमकल, प्रहरी, सशस्त्र प्रहरी, सेना, स्थानीय आगलागि नियन्त्रणका लागि प्रयास गरेका थिए ।

    रातभर नियन्त्रणमा आउन नसकेको आगो आइतबार बिहान ५ बजे नियन्त्रणमा आए पनि अहिले आगो निभाउने कार्य भइरहेको छ । भैरहवामा वर्षा समेत भइरहेको र दमकलले आगो निभाउने प्रयास गरिरहेका छन् ।

    प्लाइबोर्डको ठूलो गोदाम रहेको घरमा विद्युत सर्किट सर्ट भएर आगलागि हुँदा सबै प्लाइबोर्ड नष्ट भएको छ । आगलागिबाट दुईतल्ले घरमा क्षति भएको छ ।

    माथिल्लो तल्लामा पसलधनीको परिवार बस्दै आएकोमा उनीहरुको सकुशल उद्दार गरिएको थियो, जसले गर्दा मानवीय क्षति हुन पाएन । तर, घरमा रहेको नगद, मोटरसाइकल भने जलेर नष्ट भएको सुन्दर ग्लास हाउसका सञ्चालक सुन्दर अग्रहरीले जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology