Logo बिहिवार, आश्विन १ गते २०८३
images

कविता : सुर्य,रुख र मान्छे !

कविता : सुर्य,रुख र मान्छे !

  • 6.0K
    SHARES

  • कविता : सुर्य,रुख र मान्छे !

     -अर्जुनदृष्टी 

    सुर्य,
    चाहे कालो बादल लागोस वा ग्रहण नै लागोस
    आफ्नो चमकमा कुनै परिवर्तन आउदैन
    अटल स्वाभाव तलमाथि हुँदैन
    क्षणिक समस्याबाट  आत्तिदैन
    अरुको प्रभावमा पर्दैन
    आफै, सधै उस्तै, उहि तरिकाबाट 
    सधै सधै आकाशमा चम्किरहन्छ
    सारा संसारलाइ उज्यालो छरिरहन्छ ।

    रुख,
    चाहे हुरी आओस वा चट्याङ नै बर्सियोस
    अबिचलित ठिङ्ग उभिरहन्छ
    अह! आफ्नो स्वाभिमान बदल्दैन
    डरले भाग्दैन 
    चुपचाप निडर मुकाबिला गरिरहन्छ
    जस्तोसुकै परिस्थिति आओस
    बाघ आओस कि हात्ती आओस् 
    शितल छहारी दिइरहन्छ
    फलफूल निशुल्क बाढिरहन्छ ।

    मान्छे,
    सुर्य जस्तै हुनुपर्छ 
    मान्छे
    रुख जस्तै हुनुपर्छ 
    जन्मसगै प्राप्त जिम्मेवारीमा 
    सदैव कर्तव्यनिष्ठ बन्नुपर्छ  ।

    deararjungyawali@gmail.com

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology