Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सर्वोच्चले माग्याे कालीगण्डकी डाइभर्सन आयोजना अघि बढाउनुको कारणबारे सरकारसँग लिखित जवाफ

सर्वोच्चले माग्याे कालीगण्डकी डाइभर्सन आयोजना अघि बढाउनुको कारणबारे सरकारसँग लिखित जवाफ

  • 3.0K
    SHARES

  • सर्वोच्चले माग्याे कालीगण्डकी डाइभर्सन आयोजना अघि बढाउनुको कारणबारे सरकारसँग लिखित जवाफ

    बुटवल,असार २३- 

    सर्वोच्च अदालतले सरकारलाई कालीगण्डकी डाइभर्सन परियोजनासम्बन्धी निर्णय र योजनाको कागजातसहित उपस्थित हुन आदेश दिएको छ ।न्यायाधीश तेजबहादुर केसीको इजलासले अन्तरिम आदेशको छलफलका लागि सरकारलाई साउन ४ गते परियोजनासम्बन्धी निर्णय र स्थलगत योजनासम्बन्धी कागजातसहित उपस्थित हुन आदेश दिएको हो ।

    सरकारले कालीगण्डकी डाइभर्सन आयोजना अघि बढाउन बुटवलमा कार्यालय खडा गरेपछि अधिवक्ता तुलसीराम पोखरेलसमेतले उक्त आयोजना रोक्न अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट दिएका थिए ।

    रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश केसीको इजलासले अन्तरिम आदेश भने दिएन, तर अन्तरिम आदेशका लागि दुबै पक्षसँग छलफल गर्न भनी साउन ४ गते बोलाएको छ ।

    त्यस्तै यो आयोजना अघि बढाउनुको कारणबारे सरकारसँग लिखित जवाफ माग गरेको छ ।

    यी पनि पढाैँ:-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology