Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गुल्मीकाे रिडीमा समुदायमा काेराेना फैलियाे,एकसाताका लागि बजारक्षेत्र शील !

गुल्मीकाे रिडीमा समुदायमा काेराेना फैलियाे,एकसाताका लागि बजारक्षेत्र शील !

  • 13.7K
    SHARES

  • गुल्मीकाे रिडीमा समुदायमा काेराेना फैलियाे,एकसाताका लागि बजारक्षेत्र शील !

    बुटवल,असाेज ५- 

    गुल्मीकाे रूरूक्षेत्र रिडीमा समुदायका काेराेना फैलिएपछि एकसाताका लागि बजारक्षेत्र शील गरिएकाे छ । रूरूक्षेत्र गाउँपालिकाले एक साताका लागि बजार क्षेत्र शील गर्ने निर्णय गरेको हाे।

    कोरोनाका कारण रिडीको पुलपारी तानसेन १४ कुसेनीगाँउकी एकजना महिलाको मृत्यु भएको छ भने परिवारकै थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै रिडी बजारका ७५ वर्षिय एक बृद्धा समेत कोरोना संक्रमण पुष्टि भएपछि त्रास बढेकाे हाे ।

    कोरोना संक्रमण थप फैलिन नदिनका लागि रूरूक्षेत्र गाँउपालिकाले आज बेलुका सुचना जारी गर्दै बजारक्षेत्र शील गरेकाे र स्थानीयलाइ बाहिर ननिस्कन समेत निर्देशन दिएकाे रिडीबाट सुन्दर कसजुले नागरिक अनलाइनलाइ जानकारी दिए  ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology