Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्विनी मेडिकलमा पाल्पा कुसेनीकी ४१ वर्षीया काेराेना संक्रमित महिलाको मृत्यु

लुम्विनी मेडिकलमा पाल्पा कुसेनीकी ४१ वर्षीया काेराेना संक्रमित महिलाको मृत्यु

  • 7.9K
    SHARES

  • लुम्विनी मेडिकलमा पाल्पा कुसेनीकी ४१ वर्षीया काेराेना संक्रमित महिलाको मृत्यु

    बुटवल,असाेज ३-

    पाल्पामा थप एक जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । निमोनियाले बिरामी परेकी तानसेन नगरपालिका–१४, कुसेनीकी ४१ वर्षीया महिलाको लुम्विनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । 


    तीन दिनअघि अस्पतालमा उपचारका लागि आएको र संकास्पद लक्षण देखिएपछि कलेजले पिसिआर परीक्षणका लागि महिलाको स्वाब पठाएको थियो । उनको शुक्रबार बेलुकी स्वाबको नतिजा पोजेटिभ आएको अस्पतालका निर्देशक डा.राजु शाक्यले बताए । तीन दिनअघि उपचार गर्न अस्पताल आएपनि भर्ना गर्नुपर्ने बिरामीलाई भर्ना नगरिकन जर्बजस्ती घर लगेका थिए

    । व्यथाले च्यापेपछि पुनः शुक्रबार अस्पतालमा ल्याएको डा. शाक्यले बताए । ‘हामीले यही भर्नागरेर उपचार गर्नुपर्छ भन्दाभन्दै घर लगेका थिए,’ उनले भने, ‘हामीले शंका लागेर स्वाब पठाइयो । 


    लुम्विनी मेडिकल कलेजमा ३ डाक्टरसहित ११ जना स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ देखिएको छ । स्वास्थ्य कार्यालयका अनुसार कोरोना भाइरस संक्रमणबाट यसअघि पाल्पामा अहिलेसम्म चार जनाको मृत्यु भएको छ ।

    पूर्वखोला गाउ‘पालिका, सिलुवाका ४५ वर्षीय पुरुष,  तानसेन नगरपालिका, पिपलडॉडाकी ३० वर्षीय महिला र तानसेन नगरपालिका, टिन्टीऑपका ५२ वर्षीय पुरुषको मृत्यु भइसकेको छ ।   

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology