Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कविता : मान्छे अछुत  भयो यहाँ !

कविता : मान्छे अछुत  भयो यहाँ !

  • 7.4K
    SHARES

  • कविता : मान्छे अछुत  भयो यहाँ !

    -रमेश विसी (सेन्चुरी)

    प्रकृति ,पशु,पंछी पुजा गर्ने
    संस्कार
    भएको हाम्रो समाजमा
    मान्छे अछुत भयो
    यहाँ!
    श्रम चल्ने,सीप चल्ने,
    पानी नचल्ने  भयो
    यहाँ!

    काटे रगत रातै हुन्छ
    सेतो कसैको हुन्न,
    रगत पनि चल्छ
    हजुर,
    मान्छे नचल्ने भयो
    यहाँ!

    शंख,घण्ट,त्रिशूल,मुर्ती,
    मन्दिरमा चल्ने ,
    बनाउने मान्छे अछुत हुने
    मन्दिरमा छोईने!

    ईज्जत् ढाक्ने कपडा होस या
    पाउ छोपने जुत्ता ,
    बनाउने त मान्छे नै हो
    फेरि
    त्यही मान्छे अछुत हुने भयो
    यहाँ!

    मान्छे आखिर मान्छे नै हो
    फरक के मा छ र?
    पशु भन्दा पनि तल्लो दर्जा दिने
    कति निस्ठुरी मान्छे
    यहाँ!

    प्रण गरौ सबैले
    जात भन्दा माथि उठौ,
    भनौ पहिले
    नेपाल र नेपाली
    एक अर्कामा सम्मान
    गरौ,
    माया बाढौ अछुत नभनौ,
    विभेद त्यागौ,
    हामी सबै एक जुट हौ,
    जातमा भन्दा पनि
    नेपाली भएर बाचौ,
    यसैमा गर्व गरौ!

    हामी सबैले बाचा गरौ,
    विभेदको अन्त गरौ!!!

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology