Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कविता : बिचलन !

कविता : बिचलन !

  • 2.7K
    SHARES

  • कविता : बिचलन !

    -अर्जुनदृष्टि

    आदर्शका कुरा गर्छौ 
    खोजी गर्छौ कहाँ कहाँ 
    आफुलाइ बिर्सेर 
    भैतिरिदा जहाँ जहाँ 
     
    सयौं छ्न निति अनि सिद्धान्तहरु
    ब्याख्या गर्ने कति छ्न बिद्धानहरु
    कतिछ्न ज्ञानगुन अनि धर्मका कुराहरु
    कतिछ्न सत्य र सहयोगका कुराहरु
    कतिछ्न सस्कार र संहिताका कुराहरु
     
    तर पनि 
    झुट,लुट, बेइमान, घात, प्रतिघात चलेकै छ
    हिम्सा, क्रोध, जालसाजी फलेकै छ
    दुखी, गरिब, मजदुर पिल्सुएकै छ्न
    कहिले नमर्ने जस्तै 
    यत्रतत्र सर्वत्र  चरम स्वार्थ मौलाएको छ
     
    पृथ्वीको सर्वगुण सम्पन्न 
    मनुष्य किन बहुलाएको छ
    इमानदारीता किन भुलेको छ
    नैतिकता किन गुमाएको छ
    कर्तव्यबाट किन बिमुख भएको छ
    मानवताको धरातलमा  
    किन बिचलन आएको छ ?

    deararjungyawali@gmail.com

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology