Logo मंगलवार, श्रावण १२ गते २०८३
images

उद्यमशील गुल्मेली चेली समुहद्वारा चौधरीलाई १२ हजार सहयोग

उद्यमशील गुल्मेली चेली समुहद्वारा चौधरीलाई १२ हजार सहयोग

  • 2.0K
    SHARES

  • उद्यमशील गुल्मेली चेली समुहद्वारा चौधरीलाई १२ हजार सहयोग

    बुटवल,असार ११ -

    गुल्मी स्थायी घर रुपन्देहीमा बस्दै आएका गुल्मेली महिलाहरुको समुह उद्यमशील गुल्मेली चेली समुहले आर्थिक स्थित कमजोर भएकी एक गभर्वती महिलालाई सहयोग गरेको छ ।

    बुटवल उपमहानगरपालिका वडा नं. ११ प्रगतिनगरकी सन्ध्या चौधरीलाई समुहले नगद १२ हजार सहयोग गरेको हो । समुहका सदस्यहरु ईश्वरी देवकोटा, विश्व देवकोटा, लक्ष्मी भटट्राई र सिर्जना अर्यालको टोलीले प्रगतिनगर महिला समुहकी कोषाध्यक्ष पार्वती परियारको रोहबरमा चौधरीलाई सहयोग गरेको हो ।

    ७ महिनाकी गभर्वती समेत रहेकी चौधरी आर्थिक स्थित कमजोर भएपछि उपचारका लागि अस्पताल समेत जान सकेकी थिईन । नियमित गर्भजाँचका साथै दैनिकी गुजारा चलाउन सहज होस भन्ने उद्देश्यले गुल्मेली चेलीहरुको समुहले चौधरीलाई सहयोग गरेको समुहकी सदस्य इश्वरी देवकोटाले बताईन ।

    चौधरीका श्रीमानको बैशाख २७ गते कोभिडका कारण मृत्यु भएपछि परिबार आर्थिक समस्याको चपेटामा परेको छ । दैनिक मजदुरी गरेर दैनिकी चलाउँदै आएका सन्ध्याका श्रीमान राजु चौधरीको मृत्यु भएपछि अहिले यो परिबारमा आर्थिक अवस्था कमजोर हुँदा दैनिक छाक टार्न समेत अप्ठयारो भएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, आषाढ ११ २०७८०९:३९:२४

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology