Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सिद्धबाबाको वैकल्पिक सडक मानिएको चरंगे-झुम्सा सडकका लागि १० करोड बजेट

सिद्धबाबाको वैकल्पिक सडक मानिएको चरंगे-झुम्सा सडकका लागि १० करोड बजेट

  • 4.3K
    SHARES

  • सिद्धबाबाको वैकल्पिक सडक मानिएको चरंगे-झुम्सा सडकका लागि १० करोड बजेट

    बुटवल,असार १-

    सिद्धबाबा सडकको बैकल्पिक सडकका रुपमा निर्माण थालिएको सडकलाई लुम्बिनी प्रदेश सरकारले बजेट छुट्याएको छ। 

    तानसेन सडकको विकल्पका रुपमा बनेको वैकल्पिक सडक बुटवल धागो कारखानादेखि झुम्सा जोड्ने सडकलाई थप व्यवस्थित गरिने जनाएको छ। 

    धागो कारखाना-झुम्सा जोड्ने सडक निर्माण शुरु गर्नको लागि १० करोड बिनियोजन भएको आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले बजेट प्रस्तुत गर्दै बताए।

    प्रदेशका ४ स्थानमा विद्युतीय बस चार्जिङ स्टेसन :

    त्यस्तै गरी सरकारले प्रदेशका ४ स्थानमा विद्युतीय बसको लागि चार्जिङ स्टेसन स्थापना गर्ने जनाएको छ ।

    बुटवल भैरहवा र कोहलपुर नेपालगञ्जमा विद्युतिय बस चलाउन सम्भाव्यता अध्ययन भइसकेको मन्त्री बैजनाथ चौधरीले बताए । उनले दुबै रुटको ४ स्थानमा चार्जिङ स्टेसन बनाउने घोषणा गरे । 

    यी पनि हेराैँ :-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology