-विकास गाैतम
भोलिको भविष्य बिर्सेर हामीले आजका लागि मात्रै सोचेका छौं । वातावरण सम्पूर्ण प्राणीका लागि घर हो । आजको दिन सम्म हामी जे जस्तो अवस्थामा छौ त्यो सम्पूर्ण रूपमा वातावरणको देन हो । वातावरणमा नै मानवीय अस्तित्व देखी हरेका प्राणी देखी बनस्पतीको अस्तित्व अडिएको छ । वातावरणका प्राकृतिक श्रोतहरूको प्रयोगबाट नै जीवन प्रक्रिया अगाडि बढेको हुन्छ । वातावरणको दिगो संरक्षणले मात्रै पृथ्वीमा हरेक प्राणीको बाँच्न पाउने अधिकार सुनिश्चित हुन्छ ।
आज विश्व वातावरण दिवस । दिवसको सन्दर्भमा वातावरण बचाउन हामी हरेक व्यक्तिले आ–आफ्नो ठाउबाट पहल गर्नु पर्दछ । वातावरण दिवसको अवसरमा आज वातावरण संरक्षणका सन्र्दभमा भएका प्रयासका बारेमा केही लेख्ने मनसाय जाग्यो । सर्वप्रथम त दिवसको सन्दर्भमा कुरा गर्दा नेपालले विश्व वातावरण दिवसलाई सन् १९७६ देखि नियमितरूपमा मनाउँदै आएको छ ।
वातावरण र मानवबीच गहिरो सम्बन्ध छ । विश्वमा दिनानुदिन औद्योगिक क्रान्ति भइरहेको छ । विकासले फड्को मार्दै गइरहेको छ । एकातिर भौतिक विकास गर्न प्रतिस्पर्धा छ भने अर्कातिर वातावरणीय पक्ष बिग्रँदै छ । वातावरण संरक्षणको नाममा विकास रोक्नुपर्छ भन्ने होइन, विकासको नाममा वातावरणीय विनाश भएको तर्फ ध्यान जान नसकेको हो कि भन्ने व्यवहोरा पछिल्ला समय सरकार समेतका केही गतिविधि बाट पनि बुझ्न सकिन्छ । हुन त मानवका आ आफ्नै तर्क व्याख्या विश्लेषण हुने गर्दछन ।
वर्तमान अवस्थामा यिनीहरूले पर्यावरणमैत्री दीर्घकालीन योजना तर्जुमा गर्न आवश्यक छ । स्थानीय निकायहरू स्वायत्त र शक्तिसम्पन्न छन । तर स्थानीय निकायहरुको रमिते प्रवृतीका कारण वातावरण संरक्षण र सम्र्वद्धनको दीर्घकालीन उपलब्धी हासिल हुन सकेको छैन ।
पछिल्ला दिनहरुमा दैनिक जसो विभिन्न संचार माध्यममा आउने प्राकृतिक सम्पदाको अबैध दोहनका समाचार र स्थानीयक निकायहरुले त्यस तर्फ ध्यान दिन नसकेको देख्दा सरकारले निमार्ण गरेको वातावरण संरक्षणका विशेष व्यवस्था ऐन र कानुनमा मात्र सिमित भएको हो कि भन्ने भान हुदै आएको छ । वातावरण व्यक्तिको दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पार्ने विषय हो । तसर्थ दिगो रुपमा वातावरणको संरक्षण गर्नु आज विश्वसामु जल्दोबल्दो समस्याको रूपमा रहेको छ ।
विकासका क्रियाकलापले पनि वातावरणलाई विनास गरेको हुन्छ । वातावरण संरक्षणका लागि विकास कार्यहरू रोक्न आवश्यक छैन । तर आजको विकासले भावी पुस्ताको जीवन प्रक्रियामा असर नपुग्ने गरी गरिएको विकास दिगो विकास हो । यसर्थ वातावरण संरक्षणका लागि सरकारी स्तरबाट निमार्ण भएको नीतिहरुको प्रभावकारी कार्यान्वयनको लागी सरोकारवाला निकाय तथा स्थानीय तह लाग्न जरुरी देखिन्छ भने आम नागरीकको तर्फ देखी आजको संरक्षण भावी पुस्ताको लाागी पनि भन्ने भावनको बिकास गर्दै प्राकृतिक वातावरणको अबैध दोहनका विरुद्ध खबरदारी पनि गर्नु पर्दछ ।
नेपाल सरकारका अर्थमन्त्रिले जेठ १५ मा वातावरणीय प्रभाव मूल्यांकनका आधारमा खानीजन्य ढुंगा, गिटी, बालुवा निकासी गरी व्यापारघाटा न्यूनीकरण गरिनेछ भन्ने व्यहोराको बजेट भाषण गर्नु । त्यसपछि सरोकारवालाहरूले निरन्तर यसको विरोध गरिरहेका छन । नेपाल सरकारले वातावरण संरक्षण सम्बन्धी १० वटा विशेष व्यवस्था पनि गरेको छ । तर सरकारले गरेको वातावरण संरक्षण तर्फ सरोकार राख्ने कुनै पनि निकायको ध्यान जान नसकेको कुरा हामी प्रष्ट हुन सक्छौ ।
विकासका क्रियाकलाप सञ्चालन गर्दा वातावरणीय प्रभावको पूर्व मूल्याड्ढन गरेर मात्र सञ्चालनको अनुमति दिने, अत्याधिक वायु प्रदुषण, ध्वनि प्रदुषण आदिलाई तिनिहरूबाट हुने प्रदुषणको मात्राका आधारमा मापदण्ड तयार गरी कार्यान्वयन गर्नेजस्ता कार्य सरकारी स्तरबाट हुन आवश्यक छ । प्राकृतिक वातावरणको प्रवर्द्धन तथा संवर्द्धनका लागि राजनीतिक नेतृत्व, नीति निर्माता र प्रशासनिक नेतृत्वको ध्यान विशेषरूपले आकृष्ट हुनुपरेको छ । वातावरणको संरक्षको सन्र्दभमा हामीले हरेका बर्ष जसो गरिने बृक्षारोपण बाहेकका अन्य कार्यहरु नै देख्ने गरेका छैनौ ।
वातावरण संरक्षको नाममा सबैभन्दा सजिलो काम पनि भएकोले बृक्षारोपण मात्र वातावरण संरक्षण र वातावरणको दीगो बिकासका लागी महत्वपुर्ण कार्य गरेको सोच्ने मानसिकतालाई त्यागन जरुरी छ । वातावरणको संरक्षणको लागी बर्षमा एक दिन बृक्षारोपण गरेर उम्किने गर्नु हुदैन । हामीमा यस्तो बानीको बिकास भएको छ कि बर्षका एक दिन वातावरणको संरक्षण र बिकाासको नाममा बृक्षारोपण जस्तो पवित्र कर्म त गर्छौ तर भोली देखी आफैले रोपेको बिरुवाको अवस्था के छ सम्म पनि हेर्न जादैनौ । यसर्थ वातावरण संरक्षण र यसको बिकासका लागी सर्वप्रथम त हामीले रोपेको बिरुवा नहुर्कदा सम्म नियमित यसको संरक्षण गर्नु पर्दछ ।
पछिल्ला दिनहरुमा बिकासका नाममा वातावरण माथी दैनिक जसो दोहन भैरहेको छ । बिगत केही दिन देखी विभिन्न संचार माध्यमहरुलाई हेर्ने हो भने अबैध रुपमा भएका दोहनका समाचारहरुले विभिन्न संचार माध्यममा विशेष स्थानहरु पाई रहेका छन । स्थानीय सरकारले बिकासको नाममा राजश्व उठाउने निहुमा विभिन्न नदी दोहनको लागी ठेक्का सम्झौता गर्र्ने र त्यसको उचित रेखदेख अनुगमन नगर्ने गरेको पाइन्छ ।
यसरीस्वायत्त र शक्तिसम्पन्न भएका स्थानीय निकायहरूले दीर्घकालीन बिकास र अबैध प्राकृतिक सम्पदा माथीको दोहन रोक्न तर्फ ध्यान नदिदा यसले भावी पुस्तामा प्रत्यक्ष असर पर्ने देखिन्छ । 
अबैध रुपमा हुने प्राकृतिक दोहनका सन्र्दभमा स्थानीय सरकार मात्र नभई हामी आफुले पनि आफ्नो तर्फबाट वातावरण संरक्षणको लागी उतिकै महत्वपुर्ण भुमिका खेल्नु पर्ने देखिन्छ ।
समाजमा हुने प्राकृतिक स्रोत र साधन माथीको अबैध दोहनको बिरुद्ध आवाज उठाउनु हामी आम नागरीकको कर्तव्य पनि हो भन्ने भावनको बिकास नहुदाँ सम्म समाजमा सिमीत व्यक्तिहरुको फाइदाका लागी प्राकृतिक सम्पदाको अबैध दोहन रोकिदैन । वर्तमानमा बिकासको नाममा प्राकृतिक सम्पदाको अबैध रुपमा दोहन भैरहदा हामी मुकदर्शक बन्नु भनको भावी पुस्तालाई वातावरणीय असर तर्फ धेकेल्नु हो ।
यदि आजको समयका वातावरण संरक्षणमा हामीले आफ्नो ठाउबाट भुमिका खेल्न सकेनौ भने भोलीका पिडिले हामीलाई क्षमा दिने छैन्न ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)