Logo बिहिवार, आश्विन १ गते २०८३
images

प्रकाशमानले भने-‘ दुई तिहाई मत सुशासनकालागि हाे,भ्रष्टाचार गर्नका लागि हाेइन’

प्रकाशमानले भने-‘ दुई तिहाई मत सुशासनकालागि हाे,भ्रष्टाचार गर्नका लागि हाेइन’

  • 3.0K
    SHARES

  • प्रकाशमानले भने-‘ दुई तिहाई मत सुशासनकालागि हाे,भ्रष्टाचार गर्नका लागि हाेइन’

    बुटवल,असाेज २- 

    नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकार भ्रष्टाचारमा डुबेकाे बताएका छन् । जनताले करिब दुई तिहाई मत सुशासनका लागि दिएपनि सरकार ललिता निवास प्रकरण, यति होल्डिंग्स, सेक्युरिटि प्रिन्ट्रिङ प्रेस लगायतका काण्डमा मुछिएको उनले बताए। 

    नेता सिंहले सरकारले कोरोना महामारीका बेलाका जनताका लागि गर्नुपर्ने न्यूनतम काम पनि नगरेको धारणा राखे। मेडिकल सामाग्री खरिदमासमेत घोटाला हुँदा जनताले सरकारसँग चित्त दुखाएको सिंहको भनाई थियो।

    गणेशमान सिंहबाट नेपाली राजनीतिले सिद्धान्त र आदर्शको राजनीति गर्ने प्रेरणा लिनुपर्ने उनकाे भनाइ छ।  सिंहको २३ ओै स्मृति दिवसका अवसरमा सिंह निवास चाक्सिवारीमा आयोजित कार्यक्रममा नेता सिंहले गणेशमानजीबाट प्रेरणा लिए मात्रै देश र जनताको हित हुने धारणा राखे।

    दुई तिहाई नजिकको सरकारले संविधानको भावनाअनुसार संघीय कानुन नबनाइदिँदा स्थानीय सरकारलाई काम गर्न समस्या भएको पनि उनले बताए। देश संघीयतामा गइसकेपनि सरकारको ध्यान केन्द्रीयकरणमै रहेको भन्दै संविधानको मर्म र भावना विपरित नजान पनि सरकारलाई सचेत गराए। 

    सिंहले पिता गणेशमानलाई स्मरण गर्दै भने, नेपालमा सक्रिय जति राजनीतिक दल र नेता कार्यकर्ता हुनुहुन्छ। उहाँहरुले सिद्धान्त र आदर्शको राजनीति गर्ने जुन प्रेरणा दिनुभयो। त्यहि मार्गमा हिँडेको खण्डमा मात्रै नेपाल र नेपालीको भलो हुन्छ।

    नेपालमा प्रजातन्त्र स्थापना गर्न र जनताको अधिकार सुरक्षित गर्न ६ दशक लामो राजनीतिक जीवनमा गणेशमान सिंहले १५ वर्ष जेल र १५ वर्ष निर्वासनमा बिताएको पनि स्मरण गरे।प्रजातन्त्रका लागि ठूलो संघर्ष गरेको र कष्ट सहेकैले उहाँलाई नेपाली जनताले सँधै सम्झिरहने सिंहको भनाई थियो। 

    नेता सिंहले गणेशमानको स्वच्छ, निष्कलंकित छविकै कारण कांग्रेसको आव्हानमा भएको ०४६ सालको जनआन्दोलनमा कम्युनिष्ट पार्टीहरूले उहाँको नेतृत्व स्विकारेको पनि सिंहले बताए।  

              

     

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology