बुटवल,जेठ १६-
कपिलवस्तुमा जेठ २४ गतेसम्म निशेधाज्ञा थप भएको छ । आइतबार बसेको डिसिएमसीको बैठकले पुनः जेठ २४ गतेसम्म निशेधाज्ञा थप गरेको हो । जिल्लामा कोरोनाका संक्रमित बढ्दै गए पछि गत बैशाख २१ देखि निशेधाज्ञा हुँदै आएको छ ।
आइतबार थपिएको निशेधाज्ञा चौथो पटक प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेद्वारा जारी आदेशमा उल्लेख गरिएको छ । पछिल्लोपटक थपिएको लकडाउन आज राती १२ बजे सकिँदै थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)