-उमा अर्याल (ढकाल)
पीडाले मुटु जल्दा पनि चिता जलेन यहाँ
कुर्सीको खेल नेताजी को अझै रोकिएन त्यहाँ ।
आक्रान्त छन् घरघरमा आफन्ती गुमाउँदा
मिर्मिरेको उज्यालोमा उषाको किरण हराउँदा ।।
कोहीको खोस्यो बाबुआमा कोहीको खोस्यो काख
कति भए टुहुरा त कतिको उजाडियो साथ ।
ओल्लो घरमा रूवाबासी चल्दा खेरि आज
चियाउने अवस्था छ पल्लो घरको झ्यालबाट ।।
कोरोनाले तिमीलाई छुन्न प्रेमिल मिलन गीत गाऊ
मनभित्र धोकेवाजको गन्ध राखी सुहागरात मनाऊ।
दु:ख पीडा बेदनामा मानिस छन् चित्कार गर्दै
कोरोनाले नयाँ रूप फेरे झै नेताहरू कुर्सी फेर्दै ।।
बर्तमानको रङ्गमन्चमा नाटक प्रदर्शन गरी
बिर्सिदै छौ जनताको विश्वास सबै अन्धो बनी ।
पक्ष र बिपक्षको बहानामा कर्तब्यबाट बिमुख रही
फूटको गुटबन्दीमा रमाउने गर्दै खुसीयाली ।।
देश आज शोकमा डुब्दा त्यता चोट लागेन की
यता आशु भेल बन्दा त्यता मूल फूटेननी ।
आक्रान्त बन्दैछ कोरोनाले देश आज भन्दा भोलि
बदलिन्छ कहिले खोई तिम्रो भेष सत्ता रूपी।।
बुटवल-११, रुपन्देही
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)