गुल्मी,जेठ ६ -
गुल्मीको मुसिकोटमा रहेको सामुदायिक रेडियो पुष्पाञ्जलीले कोरोना उपचार तथा सक्रंमण रोकथामका लागि सहयोग सकंलन अभियान चलाएको छ ।
अभियान मार्फत् सकंलित रकमबाट ५ थान अक्सिजन सिलिण्डर नगरपालिकालाई हस्तान्तरण गरिएको छ । देश विदेशबाट सकंलित रकमबाट पहिलो चरणमा अहिले अत्यावश्यक बनेको अक्सिजनको व्यवस्थापनमा सहजता तुल्याउन ५ थान सिलिण्डर खरिद गरि हस्तान्तरण गरिएको रेडियोका सचिव सुन्दर प्रधानले बताउनुभयो ।
ग्रामिण क्षेत्रमा अक्सिजनको सहज आपूर्ति हुन नसक्दा ज्यान गुमाउनेहरुको संख्या बढ्दै जान थालेपछि रेडियोले अक्सिजन अभियान सुरु गरेको भन्दै उहाँले सहयोगी सबैलाई आभार व्यक्त गर्नुभयो ।
मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले सामुदायिक रेडियोहरु विपदका सारथी रहेको भन्दै यस्तो सक्रंमणकालिन स्थितिमा अभियान सञ्चालन गरि अक्सिजन हस्तान्तरण गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । साथै उहाँले सामुदायिक रेडियोहरुको मर्म र भावना अनुरुप अन्य रेडियो भन्दा माथि रहेर समाजमा पुर्याउँदै आएको योगदानको प्रशसां गर्दै यसले अन्य रेडियोहरुलाई पनि सन्देश दिएको बताउनुभयो ।
उक्त अवसरमा मुसिकोट नगरपालिका निमिक्त प्रशाशकीय अधिकृत मुना ज्ञवाली, स्वास्थ्य शाखा प्रमुख डिबी जिसीले रेडियो पुष्पाञ्जलीले सकंटको यो समयमा देश विदेशमा अभियान चलाएर अक्सिजनको व्यवस्थापन गर्नु निकै सह्रानीय कार्य रहेको भन्दै नगरपालिकासगं विपत्तिमा सधै यसैगरी हातेमालो गर्न आग्रह गर्नुभयो ।
वैशाख ३० गतेबाट सुरु भएको अभियानमा हालसम्म ४ लाख ६५ हजार रुपैयाँ सकंलन भईसकेको र अझै पनि अभियान जारी रहेकाले बाँकी रहेको रकमबाट नगरपालिकामा कोरोना रोकथामका लागि हुनसक्ने अन्य सहयोग गर्ने रेडियोका सहसचिव कौरव खत्रीले जानकारी दिनुभयो ।
सकंलित जम्मा ४ लाख ६५ हजार १६ रुपैयाँ मध्ये सिलिण्डर खर्च ५५ हजार र ढुवानी खर्च १५ हजार खर्च भएको र अन्य बाँकी रकम अभियान सगं सगैं सुरु गर्ने र कोरोना रोकथामका लागि नगरपालिकालाई आवश्यक पर्ने अक्सिजन लगायतका अन्य सामाग्री खरिदका लागि प्रयोग गरिने बताउनुभयो ।
अक्सिजनको हाहाकार भएको समयमा पनि निकै तदारुकताका साथ व्यवस्थापनमा सहयोग गर्ने नेपाली काँग्रेस गुल्मी काठमाण्डौ सम्पर्क समिति अन्तर्गत विपद व्यवस्थापन समिति सयोंजक एवम् हेलिकप्टर सोसाईटी अफ नेपालका महासचिव योगराज कडेंल, जेसिस पोखराका पूर्व उपाध्यक्ष शकंर कडेंल र सञ्चारकर्मी एव सामाजिक अभियान्ता सन्तोष भण्डारीलाई रेडियोले धन्यवाद व्यक्त गरेको छ ।
अक्सिजन हस्तान्तरण कार्यक्रममा मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा नं ८ का वडाध्यक्ष नारायण सापकोटा, नगरपालिकाका निमित्त प्रशाशकीय अधिकृत मुना ज्ञवाली, स्वास्थ्य सयोंजक डिबी जिसी, रेडियोका सल्लाहकार सुदर्शन शाक्य, अग्नीधर लोहोनी, सञ्चालक समिति कोषाध्यक्ष अर्जुन सापकोटा, सदस्य गोपालमणी सापकोटा,लोकनाथ काफ्ले लगायत नगरपालिकाका कर्मचारी र रेडियोका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
रेडियोले अभियान अझै पनि जारी रहेकाले गुल्मी जिल्लामा रहेका विभिन्न सामाजिक व्यक्तित्व सघंसंस्था, विदेशमा रहेका नेपाली र विभिन्न निकायहरुसगं सहयोगका लागि अपिल गरेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)