Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बैंकर्स क्लव परासीद्वारा स्वास्थ सामाग्री प्रदान 

बैंकर्स क्लव परासीद्वारा स्वास्थ सामाग्री प्रदान 

  • 4.4K
    SHARES

  • बैंकर्स क्लव परासीद्वारा स्वास्थ सामाग्री प्रदान 

    परासी,जेठ ४।

    बैंकर्स क्लब परासीले जिल्ला प्रशासन कार्यालय नवलपरासीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।  कोभिड १९ को दोस्रो महामारिमा मुलुकभर अक्सिजन र स्वास्थ्य सामाग्रीहरूको अभाव भइरहेको बेला परासीका बैंकका कर्मचारीहरूले स्वतस्फूर्त रकम उठाइ सहयोग गरेका हुन।

    परासी स्थित पृथ्वीचन्द्र अस्पतालको लागि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र मार्फत स्वास्थ सामग्री प्रदान गरिएको क्लबका अध्यक्ष प्रकाश भण्डारीले जानकारी दिनु भयो ।
     
    क्लबले १० थान अक्सिजन, १० थान गुणस्तरीय  पिपिई सेट, ५०० थान मास्क, ५०० थान ग्लोब्स्, २० थान फेस सिल्ड, १० लिटर सेनिटाईजर हस्तान्तरण गरेको थियो।  हस्तान्तरित स्वास्थ्य सामाग्रीहरू ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी मिश्रले परासीका बैंकर्सहरु समाजप्रति उत्तरदायी भैइ स्वतस्फूर्त रूपमा  रकम संकलन गरि स्वास्थ सामाग्री हस्तान्तरण गरेर अनुकरणीय कार्य गरेको बताउनुभयो ।

    स्वास्थ्य सामाग्रीहरू हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर राय, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, पृथ्वीचन्द्र अस्पताल विकास समितिका अध्यक्ष जगदीश चौधरी, क्लबका अध्यक्ष एवं नेपाल एसबिआई बैंक परासीका शाखा प्रबन्धक प्रकाश भण्डारी, सनराईज बैंक लिमिटेड परासीका  शाखा प्रबन्धक सुनिल ज्ञवाली, बैंक अफ काठमाडौँ परासीका शाखा प्रबन्धक मदन गौतम, एनएमबी बैंक परासीका  शाखा प्रबन्धक अर्जुन ज्ञवाली, बैंक अफ काठमाण्डौका कर्मचारी जितेन्द्र अग्रहरी लगायतको उपस्थिति  थियो । 

    क्लबमा रामग्राम परासीका बैंक तथा बित्तीय सस्थाका कर्मचारीहरू आबद्ध छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology