Logo मंगलवार, श्रावण १२ गते २०८३
images

मुक्तक : खै , कस्तो यो रोग आएको छ !

मुक्तक : खै , कस्तो यो रोग आएको छ !

  • 4.1K
    SHARES

  • मुक्तक :  खै , कस्तो यो रोग आएको छ !

    -सुनिता चुदाली  

    सामाजिक सन्जालभरी रोइलो देखिन्छ।
    देशैभर राजनीतिक भाड्भैलो देखिन्छ ।
    खै ! कस्ले गर्लान् र सेवा  जनताको
    यहाँ सबै मन्त्री र नेताको मन मैलो देखिन्छ ।

    निरीह लाचार यो विवस शहर  छ।
    डर त्रास ले जान्छ सातो कोरोना कहर छ।
    अत्तालीएर  मृत्युवरण गर्दैछन्  जनता यता
    चलिराछ’ उता कुर्ची कुस्ती हेर्ने लहर छ।

    खै ! कस्तो यो रोग आएको छ।
    छैन  खुशी  कतै मात्र शोक छाएको छ।
    आर्जन छैन,खाने चामल तिउन छैन
    त्यसैले होला आजभोलि  भोक हराएको छ।

    बुटवल,रुपन्देही

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology