Logo मंगलवार, श्रावण १२ गते २०८३
images

आमा: एक जीवित देवी

आमा: एक जीवित देवी

  • 7.7K
    SHARES

  • आमा: एक जीवित देवी

    –अर्जुनदृष्टी

    आमा, यो शव्द सन्सारको सबैभन्दा गरुङ्गो शब्द हो  । यो शब्द भित्र अर्थ खोज्नु मुर्खता हुनेछ, कुनै शब्दले यसको प्यास मेटाउछ न त अर्थ पुर्ण हुन्छ। आफ्नो आफ्नो तरिकाले अर्थ खोज्ने र अर्थाउने कोशिश भैइरहे कै छन् ।

    सन्तान प्रतिको जिम्मेवारीमा आमाको त्याग,तपस्या र साधनलाइ शब्दकोषका तमाम शब्दहरुले अर्थको गाग्रो त भरिएला तर भावनाको प्यास मेट्न निकै गाह्रो छ। तरपनी कोशिशहरु जारी नै छ्न अहिलेसम्म ।

    नेपालियन बोर्नापोर्टले आमाको महत्वको बारेमा बोलेको एउटा भनाइ  निकै चर्चित छ  ”एउटा असल आमा देउ , म तिमिलाइ सिङ्गो देश दिनेछु । ”  मैले सानो उमेरमा यस्तो के भनेको होला, उबेला खासै बुझिएन। आमासग देश साट्न खोजेको होकि जस्तो लाथ्यो । आमाको मुल्य एउटा देश भन्दा बढी छ । आमा र देश मध्ये एउटा  रोज्नुपर्दा आमा पहिलो रोजाइमा पर्ने स्पष्ट सन्देश दिएकाछ्न नेपोलियनले । 

    हामिले बहुचर्चित यक्ष प्रश्नको बारेमा पनि सुनेका छौ । बनवास रहदा पाण्डवहरुलाइ  एकदिन जङ्गल घुम्ने क्रममा निकै प्यास लाग्छ । जेठो दाजु युधिष्ठिरको आग्रहमा पानी खोज्न सबैभन्दा कान्छो भाइलाइ पठाउछ्न । कान्छे भाइ एउटा सरोवर तालमा पानी पिउज  खोज्दा यक्षले प्रश्न सोध्छन् तर प्रश्नको प्रवाह नगरी पानी पिउछन, जबाफ नदिएका कारण पानी मुखमा राख्ना साथ उनको मृत्यु हुन्छ ।

     भाइ नआएपछि अर्को भाइलाइ पठाउछ्न, उनि पनि यक्षको जबाफ नदिइ पानी पिउदा मृत्युबरण गर्न पुग्छ्न ।एवम् रितले  अरु दुई अर्जुन, भिम पनि मृत्यु सैयामा जान्छन् । अन्तिममा सबै आफना भाइ नआएपछि सन्देह मानी द्रोपतीलाइ छाडेर युधिष्ठिर आफै सरोवर जान्छन्, त्यहापुग्दा सबै भाइ मृत भेट्दा निकै चिन्तित र आशर्यमा हुन्छन् । अनि जव युधिष्ठिर पानी पिउन खोज्छन् तव  फेरि यक्षले उनका भाइलाइ जस्तै प्रश्न सोध्छन् । तर  युधिष्ठिरले विनम्र भैइ प्रश्नको जवाफ दिन राजी हुन्छन् ।

    यक्षको पहिलो प्रश्नमा पृथ्वीको भन्दा भार कस्को बढी हुन्छ  भन्नेमा युधिष्ठिर जवाफ दिन्छन् ः माता अर्थात आमा । पृथ्वी भन्दा बिराट, गरुङ्गो भार आमाको हुन्छ । यसले आमाको बिराट रुप मात्र होइन सार पनि झल्काउछ।  भाव कति गहिराईमा छ भन्ने यक्षको प्रश्नमा युधि िष्ठरको जवाफले बुझ्न सकिन्छ ।

    शास्त्रमा आमालाइ जिवित देवी मानेको छ । मातृदेव भवः भनेर पुकारेको छ । निश्चितै  आमा अपराम्पार हुनुहुन्छ । आमा निकै ठुलो ममता, माया र सम्मानको बिम्बको रूपमा पाउछौ । सस्कृत श्लोक “जननी जन्मभुमिसय स्वर्गदपी गरियसीः“ ले पनि आमालाइ उच्च स्थान दिएको छ । संसारको जुनसुकै कुनामा गएपनी आफ्नो जन्मदिने आमा र जन्मिएको भुमि सबैभन्दा प्यारो औल्याएको छ । 

    आमा सम्बन्धि थुप्रै लेख, रचना, पुस्तकहरु बनेका छ्न । गितहरु लेखिएकाछ्न । गाइएका छ्न। निकै भावुक र असिम  स्नेह, प्रेम दर्शाइएका गितहरु हामीले सुनेको छौ । सृष्टिको आदिमकाल देखि नै आमाले स्वतस्फूर्त  प्राकृति रुपमै स्नेह, करुणा, माया, लालनपालन, स्यारसुसार गरेर नै सन्सार निरन्तर अगाडी बढी रहेको छ ।

    आमाले बिना स्वार्थ दिनहु जिम्मेवारी  निर्वाह गरेकी हुन्छिन । मानिसमा मात्र होइन, अन्य जीवजन्तू, पशुपन्छीमा पनि आमाको ममता, माया हामीले देख्छौ । जनावरमा ज्ञान्, बिबेक नहुदा नि उनिहरुले आफ्ना सन्तानलाइ अद्भुत माया गरिरहेका हुन्छ्न ।

    आमाले नौ महिना आफ्नो कोखमा राखेर आफ्नो दुध चुसाएर हुर्काउछन । आफ्नो जिवनको श्री गणेश आमाको कोखमा हुन्छ तर बिडम्बना आज कतिपय आमाहरु सन्तानको हेयबाट बाचिरहेका छ्न । कयौं आमाहरु सडकमा भौतारिएका कारण परोउपकारी सस्था मानवसेवा आश्रम लगायतका मनकारी सस्थाले उद्धार गरेर हेरचाह, स्यारसुसार गरेको देखेका छौ।  आमा निस्वार्थपुर्वक आफ्ना सन्तान प्रती जति जिम्मेवार हुन्छिन, सन्तान पनि जिम्मेवार हुनु आजको आवश्यकता हो ।

    मातातिर्थ  औंशीको अवसरकामा आजकल सामाजिक सन्जाल फेसबूक लगायतमा आआफ्ना आमाका तस्वीर राखेर शुभकामाना दिने चलन बढेको छ । जेहोस सबैका आमाको दर्शन गर्ने सौभाग्य मिल्यो । आमाको आरोग्य, दिर्घायुको कामना गरिएका सुन्दर शब्दहरु तस्वीर माथी देखिन्छन ।  यो निकै राम्रो कुरा हो । तर सुन्दर शब्दमा मात्र आमा प्रतिको सम्मान सिमित हुनुभएन । सुन्दर शब्द जस्तै प्रत्येक सन्तानले सुन्दर स्यारसुसार,सुन्दर बोली ब्याहवार, र सुन्दर सम्मान  गर्नु  निकै जरुरी छ ।

    पछिल्लो समयमा सन्तान एकातिर, आफ्ना मातापिता अर्कोतिर हुनु भएकोछ । मानिसहरु फेरिदो दैनिकीले पनि सन्तानसग बस्ने परिस्थिति  कम हुदै गएको हो कि भन्ने प्रश्न उब्जाएको छ । न्युन सन्तानले आफ्नो बुबाआमाको हेरचाह गर्न सकिरहेका छैनन् । जागिर वा ब्यापारको बाध्यताले स्वदेश वा बिदेशको अरु कुनै स्थानमा बस्नुपर्ने बाध्यताले पनि वृद्ध बुबाआमा एकातिर हुने र छोराछोरी अर्कोतिर हुने अवस्था छ ।  

    गर्न सक्ने , आफै पकाउने , खाने सक्ने उमेरसम्म त ठिकै होला तर वृद्ध र बिरामी परिस्थितिमा  बुबा आमालाइ सन्तानसग उचित प्रबन्ध गर्नुपर्छ । बिरामी बुबाआमा एकातिर, जागिर र ब्यापार अर्कोतिर हुदा उनीहरुको उचित हेरचाह हुन सक्दैनन् जसले गर्दा छोराछोरीलाइ तनावको स्थिति हुन्छ ।  र बुबाआमा असाय हुने स्थिति छ । यस्तो परिस्थिति भविस्यमा अझ बढ्ने छ। त्यसैले यस्तो परिस्थितिलाइ सम्बोधन गरेर समाधान गरिनुपर्छ ।

    खासगरी गाउँमा बासिन्दा यस्तो समस्या देखिन्छ । छोराछोरी पढ्ने लेख्ने,  रोजिरोटीको लागि जागिर गर्ने बहाना वा बाध्यता जे भनौ शहर एवम् बिदेश जानुपर्छ । तत्काल शहरमा सुबिधासप्पन्न ब्यवस्था गर्न गाह्रो छ । भाडाको घरमा जुनि बिताएका मानिसहरु थुप्रै हुनुहुन्छ । गाउमा बुडा घर, बुडाबुडी बा आमा हुनुहुन्छ । सन्तानको बाटो कुरेर बस्नुहुन्छ ।
    आमाबाबुको उचित हेरचाह, स्यारसुसारको लागि अब सोच्न ढिलो गर्नु हुदैन । उचित ब्यवस्थापनमा आमाबाबु, छोराछोरी, गाउसमाज, सरकार समेतले समन्वय गरेर उचित विकल्प खोजेर व्यबहारमा लागी गरौ । सन्तानले पनि पहिलो प्राथमिकता बुबा आमाको हेरचाह र रेखदेख गरौ। जिम्मेवार छोराछोरी बनौ ।
    मातातिर्थ औशीको अवसरमा सम्पूर्ण आमाहरूको आरोग्य एवम् दिर्घायुको कामना गर्दछु ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • मंगलवार, बैशाख २८ २०७८०७:५७:५२

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology