Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कविता : ‘मान्छेका लास देख्दैनौ ढुङ्गाकै लाग्छ त्यो मुटु’

कविता : ‘मान्छेका लास देख्दैनौ ढुङ्गाकै लाग्छ त्यो मुटु’

  • 4.0K
    SHARES

  • कविता : ‘मान्छेका लास देख्दैनौ ढुङ्गाकै लाग्छ त्यो मुटु’

    -तीर्थराज जोशी  

    सत्ताको मात लागेका ए नराधम ! हो सुन ।
    विधिको राज्य हो भन्छौ मान्दैनौ तर कानुन ।।
    भ्रष्टले पदवी लिन्छ  भ्रष्टकै राज भो जहाँ ।
    के गर्ने ऐनका ठेली जत्ति छापे पनि यहाँ ।।
                              (१)
    खोपमै  र्याल  काढेर  थुक निल्छौ घुटुघुटु ।
    मान्छेका लास देख्दैनौ ढुङ्गाकै लाग्छ त्यो मुटु ।।
    नग्नतामा म देख्दैछु पचायौ लाज इज्जत ।
    कुर्सीको मात्र भो ख्याल कुर्सीकै छ हिफाजत ।।
                          (२)
    लोकतन्त्र भनेका छौ लोभतन्त्र जगाउँछौ ।
    निमुखाहरुका निम्ति प्रिय नारा लगाउँछौ ।।
    चुसेर देश यो खान पल्केका उपिँया सुन ।
    निर्धाका निम्ति मात्रै छन् तिम्रा ती ऐन कानुन ।।
                           (३)
    सच्चा छौ कसरी भन्नु साँच्चिकै बदमास छौ ।
    बाँचेकै ठान्दछौ आफू म भन्छु तिमी लास हौ ।। 
    न  देख्छौ  जनको त्रास न कुनै  परवाह छ ।
    दुख लाग्दो कुरो यो हो तिम्रै पो वाहवाह छ  ।।
                          (४)

                                              -काठमाडाैँ 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology