Logo बिहिवार, आश्विन १ गते २०८३
images

गएरातिदेखि नेपालमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द

गएरातिदेखि नेपालमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द

  • 2.6K
    SHARES

  • गएरातिदेखि नेपालमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द

    बुटवल,बैसाख २४-

    नेपालमा  गएरातीदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द भएको छ। मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उडान रोकिएको हाे।कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले गए रातिदेखि वैशाख मसान्तसम्म अन्तरराष्ट्रिय उडान स्थगन गर्ने निर्णय गरेको छ।

    नेपाल र भारतबीच एयर बबल सम्झौता अनुरुप देशबीच सातामा दुई उडान कायम राख्ने गरी सबै आन्तरिक तथा अन्तरराष्ट्रिय उडान बन्द भएको नेपाल नागरिक उड्डयन प्राधिकरण क्यान ले जनाएको छ।

    हवाई उडानबाट नेपाल आउने भारतीय नागरिकले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी १० दिन अनिवार्य होटेल क्वारेन्टिन बस्नुपर्नेछ।उनीहरूका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काठमाडौँका विभिन्न आठ होटल सूचिकृत गरिसकेको छ।

    बिहीबार अन्तरराष्ट्रियतर्फ २६ प्रस्थान र २५ आगमन गरी ५१ उडान निर्धारण गरिएको थियो। मन्त्रिपरिषद्को वैशाख १९ मा भएको बैठकले कोरोना रोकथामका लागि आन्तरिक र अन्तरराष्ट्रिय दुबै स्थगन गर्ने निर्णय गरेको थियो।ICU DEVDAHA A.jpg

    यसअवधिमा चार्टर्ड तथा उद्धार उडान सञ्चालन हुने क्यानले जनाएको छ।चार्टड र उद्धार अन्तरराष्ट्रि उडानबाट आउने र जाने यात्रुहरूको बारकोड र फोटोसहितको पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ।

    कोभिड महामारीको जोखिम नियन्त्रणकालागि सरकारले गत वैशाख १६ देखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा लागू गरेको छ।चैत १० देखि आन्तरिक र अन्तरराष्ट्रिय दुबै उडान स्थगन गरेको थियो।

     

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology