Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लायन्स मणिउजेशले संक्रमितलाई खानासहितअक्सिजन सिलिण्डर सहयोग गर्ने

लायन्स मणिउजेशले संक्रमितलाई खानासहितअक्सिजन सिलिण्डर सहयोग गर्ने

  • 2.4K
    SHARES

  • लायन्स मणिउजेशले संक्रमितलाई  खानासहितअक्सिजन सिलिण्डर सहयोग गर्ने

    बुटवल,बैशाख २२ ।

    लायन्स क्लव अफ बुटवल मणि उजेशले कोरोना संक्रमितहरुलाई खाना खुवाउनुका साथै आवश्यक पर्ने अक्सिजन सिलिण्डर सहयोग गर्ने भएको छ ।

    कोरोना संक्रमणले महामारीको रुप लिदै गएपछि केही भएपनि संक्रमितहरुलाई राहत पुगोस् भनेर संक्रमितलाई खाना खुवाउने तथा केही थान सिलिण्डर दिने भएको हो । मणि उजेशको मंगलबार बसेको भर्चुअल बैठकले क्वलका सदस्यहरुबाट केही आर्थिक सहयोग संकलन गरेर संक्रमितलाई सहयोग गर्ने निर्णय गरेको क्लवका अध्यक्ष सोनाली गुरुङ्गले जानकारी दिनुभयो ।

    उहाँका अनुसार लुम्विनी प्रादेशीक कोरोना अस्पताल बुटवल धागो कारखानामा उपचाररत संक्रमितलाई एक दिनको खाना तथा रुपन्देहीको आवश्यक स्थानका लागि केही थान अक्सिजन सिलिण्डर सहयोग गर्ने क्लवले निर्णय गरेको छ ।

    क्वलका अध्यक्ष सोनानी गुरुङ्गको अध्यक्षता तथा सचिव डाक्टर शान्ता शर्माको संचालनमा भएको भर्चुअल कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष सृष्टि गुरुङ्ग, वर्ष २०२१-२२ का अध्यक्ष ईन्जिनियर प्रविना घिमिरे, लायन्स क्लव अफ बुटवल लुमिनोजका चार्टड प्रसिडेण्ड सविता भण्डारी, पत्रकार झविन्द्र देवकोटा, मणि उजेशका सदस्य शर्मिला गुरुङ्ग, रितु गुरुङ्ग लगायतले आआफ्ना भनाई राख्नु भएको थियो ।

    कार्यक्रममा कोषाध्यक्ष सृजना श्रेष्ठले महिला नेतृत्व, संघर्ष र अधिकारसँगै आफ्ना अनुभवहरु सुनाउनु भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology