बुटवल, चैत ३१ ।
क्याम्ब्रीज मन्टेश्वरी तिलोत्तमा ३ रुपन्देहीले नयाबर्षको अबसरमा बुटवलको अपाङ आश्रमलाइ खाद्यान्न बितरण गरेको छ ।
बुटवल ११ देबिनगरमा रहेको आश्रममा चामल, दाल ,लुगा धुने साबुन, नुहाउने साबुन, तेल, चिनी, भुजा, चाउचाउ लगायतका खाध्यान्नका सामान वितरण गरिएको थियो।
मन्टेश्वरीका सस्थापक तथा प्रधानाध्यापक सुनिल पोखरेलले बताउनुभयो । उहाले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरिएको बताउनुभयो ।
सो अबसरमा नेपाल अपांग आश्रमका व्यवस्थापक डोर बहादुर रामदाम,रोमनाथ पोखरेल लगायतले बोलेका थिए ।
आश्रमलाइ करिब ३० हजारको सामाग्री बितरण गरिएको क्याम्ब्रीज मन्टेश्वरीले जनाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)