Logo बिहिवार, आश्विन १ गते २०८३
images

रोटरी क्लवअफ काठमाडौ डाउनटाउनको चार्टर प्रिजेन्टेशन,बृद्धबृद्धालाइ सोलर हिटर उपहार

रोटरी क्लवअफ काठमाडौ डाउनटाउनको चार्टर प्रिजेन्टेशन,बृद्धबृद्धालाइ सोलर हिटर उपहार

  • 4.2K
    SHARES

  • रोटरी क्लवअफ काठमाडौ डाउनटाउनको चार्टर प्रिजेन्टेशन,बृद्धबृद्धालाइ सोलर हिटर उपहार

    बुटवल,चैत्र १७-

    रोटरी क्लबअफ काठमाडौ डाउनटाउनको चार्टर प्रिजेन्टेशन सम्पन्न भएको छ ।  स्पोन्सर क्लब बुटवल डाउनटाउनका अध्यक्ष पंकज ज्ञवालीको अध्यक्षतामा भएको बिशेष समारोहमा रोटरी क्लबअफनेपाल –भुटान ३२९२ का डिष्ट्रिक गभर्नर राजीबपोख्रेलले चार्टर मेम्बरहरुलाई कलवको पिन र  प्रमाणपत्र हस्तान्तरण  गर्नुभएको थियो । 

    क्लबका अध्यक्ष श्यामबहादुर पराजुलीले चार्टर मेम्बरहरुको परिचय गराउदै क्लबले समाजसेवाका क्षेत्रमा गरेका काम र त्यसको पभाबका बारेमा स्पष्ट पार्नुभएको थियो  ।

    सो अबसरमा गभर्नर पोख्रलले रोटरी क्लब यस्तो सागरहो यहां  जति सेवा गरेपनिपुग्दैन भन्दै १ सय १६ बर्ष देखि  क्रियाशीलभएर समाजसेवागरेरै टिक्ने  संस्था यो बाहेक अन्यनभएको  दाबीगर्नुभएको छ ।

    मानिसको मन जित्ने संस्थाहो रोटरी भन्दै  गभर्नर  पोख्रेलले संसारकौ सबै भन्दापारदर्शी संस्थापनियहिभएको दाबीगर्नुभएको छ । 
    उहाले संसारका जुनसुकै ठाउमा पुगेपनि एक रोटरियनले अर्को रोटरियनलाई  साथीको रुपमा सहयोग गर्ने गर्छन भन्दै नेपालका रोटरियनहरुले शुरु गरेका २ अर्ब २७ करोड  बढीका  परियोजनाहरु पनिनिकै प्रभाबकारी रुपमा अगाडि बढेको  जानकारी गराउनुभएको छ । 

    अरुको अनुहारमा खुशी ल्याउनु भनेको आफनो अनुहारमापनिखुशील्याउनु हो भन्ने मान्यताका साथक्रियाशील रोटरी क्लबअफ काठमाडौ डाउनटाउका अध्यक्ष श्याम बहादुर पराजुलीले   रोटरी मार्फत समाजसेबाकालागि   १० हजार अमेरिकी डलर  सहयोग हस्तान्तरण गर्नुभएको छ । 

    सो अबसरमा असिष्टेन्ट गभर्नर राजेन्द्र लम्साल, बुटबल डाउनटाउनका अध्यक्षपंकज ज्ञवाली , पुर्ब अध्यक्षभीमश्रेष्ठ, कार्यक्रम संयोजकथानेश्वर रेग्मीलगायतले  देशमाजुनसुकै सकट , महमारी , बिपत्तिहोस त्यस्तो बेलामा सबै भन्दाअग्रभागमा रहेर रोटरियनहरुले सहयोगको हात फैलाउने गरेको उल्लेख गर्नुभएको छ ।

    कार्यक्रममारोटरियन  समाजसेबी रेनुका गुरुङले स्वागतगर्नु भएको थियो भने कार्यक्रम संचालन  प्रतिष्ठित गायिकामञ्जु पौडेलले गर्नुभएको थियो ।

    हिमालय बृद्धाश्रममा सोलार प्यानल हिटर ,पानी ट्यांकी तथा शौचालय निर्माण गरी हस्तान्तरण :

    त्यसअघि रोटरी क्लबअफ काठमाडौ  डाउनटाउनले गंगबु बसपार्क अगाडि टोखा १०मा  रहेको हिमालय बृद्धाश्रमका बुवाआमाका लागि  सोलार प्यानल हिटर , पानी ट्यांकी तथा शौचालय निर्माण गरी हस्तान्तरण गरेको थियो । 
    सो बृद्धाश्रममा रहेका बृद्धाबृद्धाले काठमाडौको जाडोमानुहाउन , लुगाधुननिकै असजिलो भएको जानकारी पाएपछि समाजसेवामा अग्रणी संस्थाको रुपमा रहेको क्लबले   सोलार हिटर र पानी टयांकी जडान गरिदिएको छ भने बृद्धाबृद्धाका लागि सहजहुने खालको  शौचालय निर्माण गरिदिएको छ । 

    क्लबको चार्टर प्रिजेन्टेशन समारोहको  अबसर पारेर सोलार हिटर , शौचालय हस्तान्तरण गर्दै रोटरी क्लबअफ ३२९२ नेपाल भुटानका डिष्ट्रिक गभर्नर राजीबपोखे्रलले  असहाय बृद्धाबृद्धालाई अतिआबश्यकपक्षमा सहयोग गरेर रोटरी क्लबअफ काठमाडौ डाउनटाउनले अति राम्रो पबित्र कार्य गरेको बताउनुभयो ।rotari 3.jpg

    डाउनटाउनका अध्यक्ष श्यामबहादुर पराजुलीको अध्यक्षतामाभएको कार्यक्रममा पोख्रेलले  जुन सहयोग भएको छ त्यो ऐतिहासिक रहेको बताउनुभयाे  ।

    अध्यक्ष पराजुलीले  समाजसेवामा लागेको आफ्नो संस्थाले यस्तो कठीन जीवनबिताइरहेका बृद्धाबृद्धाका लागिअन्यआबश्यक सहयोग के गर्न सकिन्छ भन्ने कुरा आगामी दिनमा पनि सोच्ने जानकारी दिनुभयाे ।

    हिमालय बृद्धाश्रमकी प्रमुख सरला पन्तले आश्रमकालागिनिकै आबश्यक भएको कुरा पहिचान गरी सहयोग गर्नुभएकोमा सिंगो क्लब परिबार प्रतिआभार सहितधन्यबाद ज्ञापन गर्नुभएको छ । शौचालयका लागि क्लबका सदस्य अर्जुन खनालले सहयोग गर्नुभएको थियो । 

    कुनआश्रममा के समस्या छ र तत्काल सहयोग गर्नुपर्ने के छ क्लबले कुनआश्रमलाई सहयोग गर्दा उपयुक्त हुन्छ भन्ने कुरा छनोट गर्न बरिष्ठ पत्रकार टंक पन्तको संयोजकत्वमा एक समिति बनाइएको थियो ।

    सो समितिमाअध्यक्षश्याम पराजुली , क्लबकाआउदो कार्यकालकाअध्यक्ष एबं ग्रिनसिटी अस्पतालका अध्यक्षलोकबहादुर टण्डन र बरिष्ठ सदस्य स्थानेश्वर रेग्मी हुनुहुन्थ्यो ।   शौचालय , सोलार हिटर , पानी ट्याकीको सहयोग पछि बृद्धबद्धाहरु निकै  खुशी भएका थिए ।

    चिकित्सक , पत्रकार , इन्जिनियर , उधोग ब्यबसायी  समाजसेबी , अबकाश प्राप्तउच्च अधिकारीहरु लगायत बिभिन्नक्षेत्रका बिशिष्ट ब्याक्तिहरुको सहभागिता भएको सो संस्थाले  कोरोना महामारीकाबीचपनि छोटो समयमा समाजसेवाका क्षेत्रमा उल्लेखनीय भुमिका निर्बाह गरेको बताइएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology