Logo सोमवार, आश्विन ५ गते २०८३
images

सुन्दर गुरुङको अध्यक्षतामा १५ सदस्यीय नृत्य निर्देशक संघ रुपन्देही गठन

सुन्दर गुरुङको अध्यक्षतामा १५ सदस्यीय नृत्य निर्देशक संघ रुपन्देही गठन

  • 4.5K
    SHARES

  • सुन्दर गुरुङको अध्यक्षतामा १५ सदस्यीय नृत्य निर्देशक संघ रुपन्देही गठन

    बुटवल,फागुन २९ -  

    रुपन्देहीमा नृत्य निर्देशक संघ नेपाल गठन भएको छ । बुटवलमा शनिबार भएको एक भेलाले नृत्य निर्देशक संघ रुपन्देही गठन गरेको हो ।

    सम्पन्न भेलाले  सुन्दर गुरुङको अध्यक्षतामा १५ सदस्यीय नृत्य निर्देशक संघ नेपाल रुपन्देही गठन गरेको हो । उपाध्यक्षमा तेजेन्द्र थापा,महिला उपाध्यक्षमा मन्जु गुरुङ,सचिबमा मोहन गुरुङ,सहसचिबमा सिद्धार्थ सारु,कोषाध्यक्षमा तृष्णा श्रेष्ठ,सहकोषाध्यक्षमा सन्ध्या सुनार रहेका छन् ।dance team.jpg

    त्यस्तैगरी सदस्यहरुमा मनद नेपाली,सुमन मिजार,बिक्रम परियार,सुनिल गुप्ता,अनु गुरुङ,शंकर बिक,मनिष नेपाली,रेनुका थापा रहेका छन् ।

    नृत्य निर्देशक संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष लोकेन्द्र शाहको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिबराज सुबेदीले कला कौशल सबैसंग नहुने भन्दै भएकाहरुले बिशिष्ट प्रतिभा देखाउन र आफुलाइ रुपान्तरण गर्न आग्रह गरे ।

    उनले अब बुटवलमा सबैप्रकारका गतिबिधि संचालनका लागि हजारौं मानिस अट्ने हल बनाउने र रंगकर्मीहरुले आफ्नो प्रतिभा फराकिलो ठांउमा देखाउन पाउने आश्वसन दिए  ।

    कार्यक्रममा संगितकार सुरेश सेन्चुरी,बरिष्ठ कलाकार चिरन बराल लगायतले बोलेका थिए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology