Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लाफा समुहद्वारा दुई बिरामीलाई ५८ हजार ४० रुपैंया आर्थिक सहयोग

लाफा समुहद्वारा दुई बिरामीलाई ५८ हजार ४० रुपैंया आर्थिक सहयोग

  • 2.4K
    SHARES

  • लाफा समुहद्वारा दुई बिरामीलाई ५८ हजार ४० रुपैंया आर्थिक सहयोग

    बुटवल,फागुन २९ -

    रुपन्देहीमा खेलकुद गतिविधिसंगै सामाजिक कार्यमा अग्रसर रहदै आएको लाफा समुह बुटवलले दुई जना बिरामीलाई ५८ हजार ४० रुपैंया आर्थिक सहयोग गरेको छ ।

    लाफा समुह बुटवलले ब्लड क्यान्सर र मृगौला पिडित दुइजनालाई उपचारका लागि दोस्रो पटक आर्थिक सहयोग गरेको हो ।बिगत चार वर्ष देखि ब्लड क्यान्सरबाट पिडित स्याङ्गजा घर भई हाल बुटवल सुख्खानगर बस्दै आएका लाफा समुहका सक्रिय सदस्य प्रदिप श्रेष्ठको ७ बर्षिय छोरी आयुष्मा श्रेष्ठको उपचारका लागि ४६ हजार पाच सय ७० रुपैंया आर्थिक सहयोग गरेको छ ।

    त्यस्तै क्लबले पाल्पा रामपुर घर भई हाल बुटवल सुख्खानगर बस्दै आएका समुहका सदस्य ३० बर्षिय रेम बहादुर ठकुरीलाई पनि समुहले नगद १० हजार ४ सय ४० रुपैंया सहयोग गरेको छ ।

    समुहका अध्यक्ष तारासिंह रेश्मी र सदस्य बिपिन श्रेष्ठको जन्मदिनको अबसरमा दुइजनाले २० हजार रुपैंया सहयोग गरेका थिए । त्यस्तै समुहका अन्य सदस्यबाट आर्थिक जुटाइ सहयोग गरेको समुहका संयोजक ज्ञानु सारुले जानकारी दिए । श्रेष्ठ र ठकुरीको उपचारका लागि यो भन्दा पहिला पनि समुहले २२÷२२ हजार रुपैंया आर्थिक सहयोग गरी सकेको र थप सहयोग जुटाइदिन समुहका संरक्षक बासुदेब लामिछानेले आग्रह गरेका छन ।
    समुहले विभिन्न समयमा यस्तै आर्थिक अवस्था कमजोर भएका बिरामी र तिनीहरुको परिवारलाई आर्थिक सहयोग गर्दै आएको समुहका अध्यक्ष तारासिंह रेश्मीले बताए । 

    समुहले विभिन्न सामाजिक काम गर्दै आएको छ भने बर्षमा दुई पटक रक्तदान गर्ने गरेको छ । यहि चैत ३ गते समुहले पुन रक्तदान कार्यक्रम राखेको हुदा रक्तदाताहरुलाई रक्तदान कार्यक्रममा सहभागी हुन अध्यक्ष रेश्मीले आग्रह गरे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology