छोरी बुहारी आमा अनि सासु बन्छौ
सबै त तिमि हो ! किन नराम्रो बन्छौ
बुहारी को ब्याख्यामा नीच र पापी
छोरिहरु कि फेरी अत्ति प्रिया तथापि
के हो आमा यो सब तिमी नै भन
मलाई जस्तै प्रिय उनिहरूकी बन
आफ़नी आमाको अनेकौं तारीफ़
अरुकी आमा खत्तम घटिया चीप
कती गर्चौ यो खेलो अब छोड़ अरु
दम छ भने आफ़नी लाई भन बरु
आमा तिमी सबैकी आमा बन
केटी हो आफ़नी आमालाई भन
ए नबीर्स तिमी हामी हो आमा उचाल्ने
शान्त भएको सम्बन्धमा आगो बाल्ने
अरुकी आमामा सबै खोट प्वाल देख्ने
आफ़नी र आफ़्नो टपक्कै टाल्ने ?
मिलाउने हो भने तिमी आफैलाइ भन
सासु होइन बुहारी कि पनि आमा नै बन
नसहनेले नन्द आमाजुको हुकुम
माइतीमा किन बन्छौ मै हुम
दोष पुरुष मात्र होइन महिला मै छ
महिला महिला लड्छौ माहोल बन्छ?
हरेक नारीले आफैले आफैलाइ भन
एकतर्फा होइन आमा सबैकि पृय बन ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)