Logo बिहिवार, आश्विन १ गते २०८३
images

आजदेखि नारायणगढ–मुग्लिन सडकखण्ड बिहान साढे १० देखि ३ बजेसम्म बन्द हुने

आजदेखि नारायणगढ–मुग्लिन सडकखण्ड बिहान साढे १० देखि ३ बजेसम्म बन्द हुने

  • 2.7K
    SHARES

  • आजदेखि नारायणगढ–मुग्लिन सडकखण्ड  बिहान साढे १० देखि ३ बजेसम्म बन्द हुने

    काठमाडौं,फागुन २३-

    नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि एक हप्तासम्म दिउँसो बन्द हुने भएको छ।  पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि फागुन २९ गतेसम्म दिउँसो सडक बन्द गर्न लागिएको हो। 

    नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै सडकखण्डअन्तर्गत चारकिलोमा पहिरो रोकथामका आवश्यक बाँकी काम सम्पन्न गर्नका लागि सडक बन्द गर्न लागिएको जनाएको छ।

    सडकखण्डमा बिहान १०ः३० देखि दिउँसो ३ बजेसम्म दुईतर्फी आवागमन बन्द रहने आयोजनाका इञ्जिनीयर सविना रानाभाट जानकारी दीन्। अत्यावश्यक सेवाबाहेकका सबै सवारी साधन रोकिने उनको भनाइ छ।


    सडकखण्डमा ८५ प्रतिशत पहिरो रोकथामको काम सकिएको आयोजनाले जनाएको छ। सो अवधिमा नारायणढतर्फबाट गएका सवारी साधनलाई जलबिरेमा र मुग्लिनतर्फबाट आएका सवारी साधनलाई शान्तिबजारमा रोकिने बताइएको छ। उक्त अवधिमा वैकल्पिक सडकमार्ग प्रयोग गर्नसमेत नारायणगढ–मुग्लिन सडक आयोजनाले अनुरोध गरेको छ।

    रासस

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology