बुटवल लेडी जेसीजले २५ औँ स्थापना दिवस (रजत जयन्ती) को अवसरमा खाद्यान्न तथा आर्थिक सहयोग गरेको छ । बुटवलको उजेलापुरस्थित लुम्बिनी दृष्टिविहिन अपाङ्ग अनाथ आश्रममा खाद्यान्न तथा आर्थिक सहयोग गरेको बुटवल लेडी जेसीजले जनाएको छ ।
अध्यक्ष शर्मिला रानाको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल लेडी जेसीजका संस्थापक अध्यक्ष जेसी रेखा कट्टेलको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा जमुना शर्मा श्रेष्ठको आस्था पाठ, रुपा श्रेष्ठ पाठक मिसन भिजन वाचन रहेको थियो ।
साे कार्यक्रमका संयोजक तथा बुटवल लेडी जेसीजका कानुनी सल्लाहकार जेसी अनुपमा श्रेष्ठले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रममा लुम्बिनी दृष्टिविहिन अपाङ्ग अनाथ आश्रमका अध्यक्ष मिरा खड्का,उपाध्यक्ष लीलाराम रोका,बुटवल लेडी जेसीज का पूर्व अध्यक्ष कल्पना जोशी,रुपा पाण्डेले आफ्ना महत्वपूर्ण मन्तव्य राखेको बुटवल लेडी जेसीजकी महासचिव कमला लम्सालले जानकारी दिइन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)