Logo मंगलवार, श्रावण १२ गते २०८३
images

यादवनाथ आलोक स्मृति फुटसल, फाईनलमा वडा नं १ र ४ भिड्ने

यादवनाथ आलोक स्मृति फुटसल, फाईनलमा वडा नं १ र ४ भिड्ने

  • 3.4K
    SHARES

  • यादवनाथ आलोक स्मृति फुटसल, फाईनलमा वडा नं १ र ४ भिड्ने

    बुटवल ,फागुन २१ । शहिद यादवनाथ आलोकको स्मृतिमा रुपन्देहीमा जारी फुटसल प्रतियोगिताको उपाधिका लागि वडा नं १ र ४ भिड्ने भएका छन । 
    नेपाल तरुण दल, तिलोत्तमा नगर समितिले संचालन गरेको प्रतियोगिताको शुक्रबार भएको पहिलो सेमीफाईनल खेलमा वडा नं १ ले वडा नं १४ माथि ७(० तथा वडा नं ४ ले वडा नं १३ माथि १(० गोल अन्तरको जित निकाल्दै फाईनल भिडन्त पक्का गरेका हुन।
    फागुन २० गतेदेखि संचालन भएको प्रतियोगितामा तिलोत्तमा नगरका १७ वटा वडाका तरुण टिमहरुले भाग लिएको खेल संयोजक अर्जुन क्षेत्रीले बताए। प्रतियोगिताको उपाधि विजेताले नगद ३० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद १५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

    विधागत रुपमा समेत सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्सलाई पुरस्कृत गरिने उनले बताए । यसैबिच शनिबार पत्रकार र आयोजक बिच मैत्रीपुर्ण प्रतियोगिता समेत आयोजना गर्ने नेपाल तरुण दल, तिलोत्तमा नगरका अध्यक्ष खिम बहादुर क्षेत्रीले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, फाल्गुण २१ २०७७०७:४१:१२

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology