Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रथम मेयर कप फिडे रेटिंङ चेस प्रतियोगितामा रुपेश जैसवाल प्रथम

प्रथम मेयर कप फिडे रेटिंङ चेस प्रतियोगितामा रुपेश जैसवाल प्रथम

  • 5.2K
    SHARES

  • प्रथम मेयर कप फिडे रेटिंङ चेस प्रतियोगितामा रुपेश जैसवाल प्रथम

    बुटवल,फागुन १६-

    बुटवल उपमहानगरपालिका वडा न ९ को आयोजनामा प्रथम बुटवल खुल्ला चेस प्रतियोगिता समापन भएको छ । प्रथम मेयर कप फिडे रेटिंङ चेस प्रतियोगितामा हेटौडा चेस क्लव का फिडे मास्टर रुपेश जैसवाल बिजयी भएका छन् ।

    निशान्त श्रेष्ठ दोश्रो तथा श्रुसुत दाहात तेश्राे भए भने युबराज पौडेल चौथो भए । १४गते बाट सुरु भएको प्रतियोगिता आज सकिएको हो । उनीहरुलाइ बुटवल उपमहानगरपालिकाका प्रम्ख शिबराज सुबेदीले पुरस्कार बितरण गरे ।

    प्रतियोगितामा नेपाल भरका १२ जिल्लाका ७० खेलाडीको सहभागिता रहेको प्रमुख निर्णायक फिडे आर्बिटर भुपेन्द्र निरौलाले जानकारी दिए । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागी खेलकुद  भन्ने मुलनाराका साथ बुटवल वडा नं ९ र विश्वशान्ती युवा क्लबको सहकार्यमा प्रतियोगिता भएको कार्यक्रम संयोजक तथा बुटवल ९ का वडा सदस्य बिजय गुरुङले बताए ।chess.jpg

    प्रतियोगितामा क्रमश ३० हजार,२० हजार र १० हजार पुरस्कार प्रदान गरिएको छ ।स्कोलर्स होममा भएको प्रतियोगितामा वडा न ९ का कावा अध्यक्ष शिबबहादुर अधिकारी,नगर खेलकुद बिकास समिति अध्यक्ष नन्दु काउचा,कार्यपालिका सदस्य बिमला श्रेष्ठ लगायतले बोलेका थिए । प्रतियोगिता संचालनका लागि ३ लाख २ हजार ५ सय खर्च भएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology