बुटवल,फागुन ११-
बुटवल उपमहानगरपालिका वडा न ९ को आयोजनामा प्रथम बुटवल खुल्ला चेस प्रतियोगिता हुने भएको छ । देशभरबाट करिब ८० बिद्यार्थी खेलाडी सहभागि हुने प्रतियोगिता फागुन १४ गते शुरु हुनेछ ।
३ दिन संचालन हुने प्रतियोगिताको तयारी तीब्र पारिएको कार्यक्रम संयोजक तथा बुटवल ९ का वडा सदस्य बिजय गुरुङले बताउनुभयो ।
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने मुलनाराका साथ बुटवल वडा नं ९ र विश्वशान्ती युवा क्लबको सहकार्यमा प्रतियोगिता हुन लागेको उनले बताए । प्रतियोगिता संचालनका लागि ३ लाख २ हजार ५ सय खर्च अनुमान गरिएको छ ।
प्रतियोगितामा क्रमश ३० हजार,२० हजार र १० हजार पुरस्कार राखिएको उनले बताए । प्रतियोगिता स्कोलर्स होममा गरिने र बुटवल उपमहानगरका मेयर शिबराज सुबेदीबाट उद्घाटन हुनेछ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)