Logo आइतवार, कार्तिक २९ गते २०८३
images
images

रुपन्देही मिष्ठान्न क्याटरिङ तथा पार्टी प्यालेस व्यवसायी संघको अध्यक्षमा पोखरेल

रुपन्देही मिष्ठान्न क्याटरिङ तथा पार्टी प्यालेस व्यवसायी संघको अध्यक्षमा पोखरेल

  • 96
    SHARES

  • रुपन्देही मिष्ठान्न क्याटरिङ तथा पार्टी प्यालेस व्यवसायी संघको अध्यक्षमा पोखरेल

    बुटवल,कार्तिक २८ ।

    रुपन्देही मिष्ठान्न क्याटरिङ तथा पार्टी प्यालेस व्यवसायी संघको निर्वाचनबाट अध्यक्षमा कमल पोखरेल दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित हुनुभएको छ।

    निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा बलराम पौडेल, उपाध्यक्षमा केशवराज कँडेल, सचिवमा बाबुराम घिमिरे र कोषाध्यक्षमा रविन्द्रकुमार श्रेष्ठ चयन हुनुभएको छ।

    त्यसैगरी सहसचिवमा ज्ञानप्रसाद खनाल र सहकोषाध्यक्षमा गणेश पौडेल चयन हुनुभएको छ।

    निर्वाचनबाट कार्यसमिति सदस्यहरूमा नमकला बेल्बासे, शरण हलुवाई, धर्मागत काफ्ले, चिरञ्जीवी पोखरेल, किरण थापा र शेषकान्त घिमिरे चयन हुनुभएको छ।att.w4RKpAxk4XFQahYMD3SsvblM9qCh34ipOgyN-rY1JUw.jpeg

    त्यस्तै अनुगमन समितिको संयोजकमा कमल कँडेल तथा सदस्यहरूमा दिनेश भुसाल र रमेश भुसाल चयन हुनुभएको छ। लेखा समितिको संयोजकमा हरि देवकोटा तथा सदस्यहरूमा उमेश घर्ती र पारसनाथ गुप्ता निर्विरोध निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता घनश्याम तिवारीले बताउनुभयो ।

    पार्टी प्यालेस तथा समारोह व्यवस्थापन व्यवसायलाई मर्यादित, व्यवस्थित र गुणस्तरीय बनाउँदै व्यवसायीबीच सहकार्य र एकता कायम गर्ने अध्यक्ष कमल पोखरेलले बताउनुभयो। 

    १९ सदस्यीय नयाँ कार्यसमितिको चयनसँगै संघले आगामी दिनमा व्यवसायीका साझा समस्या समाधान, व्यवसायको प्रवर्द्धन तथा उपभोक्तालाई गुणस्तरीय सेवा उपलब्ध गराउने दिशामा काम गर्ने अपेक्षा गरिएको छ।att.2kgr1HPKVHFlo424iUTRl4mozcs3jxHoLpKVvp_qNgM.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology