Logo शनिवार, कार्तिक २८ गते २०८३
images
images

देउसी–भैलोमार्फत मौलिक संस्कृति जोगाउने अभियानमा युवा पुस्ता (फोटोफिचरसहित)

देउसी–भैलोमार्फत मौलिक संस्कृति जोगाउने अभियानमा युवा पुस्ता (फोटोफिचरसहित)

  • 447
    SHARES

  • देउसी–भैलोमार्फत मौलिक संस्कृति जोगाउने अभियानमा युवा पुस्ता (फोटोफिचरसहित)

    बुटवल,कार्तिक २८ ।

    नेपाली मौलिक कला, संस्कृति, परम्परा र वेशभूषाको संरक्षण गर्दै नयाँ पुस्तामा सांस्कृतिक विरासत हस्तान्तरण गर्ने उद्देश्यले बुटवलसहित रुपन्देहीका विभिन्न स्थानमा देउसी–भैलो कार्यक्रम सञ्चालन भइरहेका छन्।

    यस वर्षको देउसी–भैलोमा आधुनिक शैलीभन्दा मौलिक संस्कृति, परम्परागत भेषभूषा, लोकगीत तथा सांस्कृतिक नृत्यलाई प्राथमिकता दिएको देखिएको छ। विभिन्न समूह तथा संघसंस्थाले परम्परागत गीत, संगीत र नृत्यमार्फत नेपाली मौलिक संस्कृतिको झल्को प्रस्तुत गरिरहेका छन्।

    विशेषगरी देउसी–भैलोमा युवा पुस्ताको सक्रिय सहभागिताले पुरानो पुस्ताबाट हस्तान्तरण हुँदै आएको कला, संस्कृति र परम्परालाई नयाँ पुस्ताले समेत आत्मसात् गरिरहेको देखिन्छ। पुस्तान्तरण हुँदै आएको मौलिक सांस्कृतिक पहिचानलाई निरन्तरता दिन यस्ता कार्यक्रम प्रभावकारी माध्यम बनेका छन्।

    रुपन्देहीका विभिन्न स्थानमा अर्घाखाँचीका विभिन्न क्षेत्रका टोली, गुल्मीका विभिन्न क्षेत्रका टोली, धार्मिक संस्था रुद्रगण्डको टोली, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान रुपन्देही, अड्गुरी समाज, गुल्मी थोर्गा रूपन्देही सम्पर्क समाजलगायत विभिन्न सामाजिक तथा सांस्कृतिक संघसंस्थाहरू,क्लव,युवा समुह, देउसी–भैलोमा सहभागी भइरहेका छन्।

    यी समूहहरूले परम्परागत भाका, मौलिक नृत्य, सांस्कृतिक पहिरन र स्थानीय पहिचान झल्किने प्रस्तुतिमार्फत देउसी–भैलोलाई केवल मनोरञ्जन र रकम संकलनको माध्यममा सीमित नराखी संस्कृति संरक्षणको अभियानका रूपमा अघि बढाएका छन्।IMG_5660.webp

    यसपटक यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरूको सहभागितामा समेत देउसी–भैलो कार्यक्रम सभ्य, मर्यादित र सांस्कृतिक रूपमा सञ्चालन भइरहेको छ। 37905020-0075-4cd2-93f3-cf0b80c1f0cf.jpegयसले चाडपर्वलाई सबै समुदायको साझा उत्सवका रूपमा स्थापित गर्नसमेत सहयोग पुर्‍याएको छ।IMG_5659.jpeg

    पछिल्लो समय आधुनिक मनोरञ्जनका विभिन्न माध्यमको प्रभाव बढिरहेका बेला परम्परागत देउसी–भैलोको मौलिक स्वरूप जोगाउन विभिन्न संघसंस्था र युवा पुस्ताले देखाएको सक्रियता सकारात्मक मानिएको छ।IMG_5645.jpeg

    देउसी–भैलो नेपाली समाजको सांस्कृतिक पहिचान, सामाजिक सद्भाव र पुस्तान्तरणको महत्वपूर्ण माध्यम हो। यसलाई मौलिकता, सभ्यता र परम्परासहित निरन्तरता दिन सके नेपाली कला तथा संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने देखिन्छ।IMG_5202.jpegIMG_5638.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology