Logo मंगलवार, श्रावण १२ गते २०८३
images

२४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु,३१२ पुगे मृतक

२४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु,३१२ पुगे मृतक

  • 3.6K
    SHARES

  • २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु,३१२ पुगे मृतक

    बुटवल,भदौ २४-

    पछिल्लो २४ घण्टामा देशभर थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर मृत्यु हुने कोरोना संक्रमितमध्ये ३१२ पुगेको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको छ। 

    पछिल्लो २४ घन्टामा नेपालमा थप १०८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

    योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४९ हजार २१९ जना पुगेको छ।  पछिल्लो २४ घण्टामा ९१८ जना निको भएका छन्। योसँगै निको हुनेको संख्या ३३ हजार ८८२ निको भएको र यो कुल संक्रमितको ६८.८ प्रतिशत भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। 

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology