Logo मंगलवार, श्रावण १२ गते २०८३
images

उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञा खुकुलो बनाइने

उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञा खुकुलो बनाइने

  • 2.6K
    SHARES

  • उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञा  खुकुलो बनाइने

    काठमाडौं,भदौ २४-

    उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञामा केही खुकुलो हुने भएको छ। निषेधाज्ञाका मोडालिटी उपत्यकाका तीनै जिल्लका प्रमुख जिल्ला अधिकारी सीडीओले परिवर्तन गरेका हुन् ।

    मंगलबार नै तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले अनुमोदनका लागि गृहमन्‍त्रालयमा पठाएको मोडालिटी स्वीकृत भएको छ।केही बेरमा तीनै जिल्ला प्रशासनले खुकुलो व्यवस्थासहितको निषेधाज्ञा जारी गर्दैछन्।

    नयाँ मोडालिटी अनुसार निजी सवारीलाई जोर विजोर चल्न दिने, दैनिक उपभोग्य समानका पसल पनि समय तोकेर सञ्चालन गर्ने तथा  निजी कार्यालय, उद्योग एवम् कलकारखाना स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्ने गरी निषेधाज्ञाको नयाँ मोडल प्रस्ताव गरिएको हो। तर होटल रेष्टरेन्ट, सिनेमा हल, क्लब तथा अन्य मनोरञ्‍जन स्थल भने बन्दै रहने छन्।

    निषेधाज्ञा खुकुलो भए पनि भेला हुन, जुलुस गर्न, भीडभाड र जात्रा, महोत्सवमा सहभागी हुन, मन्दिर र चर्चामा नित्य पूजाबाहेक गतिवविधि गर्न, कलकारखाना र व्यवसयायमा भीडभाड हुने कामग गर्न, शैक्षिक संस्था सञ्चालन गर्न, गोष्ठी गर्न, सिनेमा घर खुला गर्न, शैलुन, ब्यूटी पार्लर स्पा सञ्चालन गर्न, पुस्तकालय, चिडियाखाना खोल्न र स्वास्थ्य मापदण्ड विपरित श्रमिक र कामदार ओसारपसार गर्न पाइने छैन।

    काठमाडौं उपत्यका नगरपालिका मेयर फोरम, उद्योगी सुरक्षा निकायसँग भर्चुअल छलफलपछि काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञाको बिषयमा औपचारिक छलफल गरेर गृहसमक्ष खुकुलो पार्न प्रस्ताव गरेका थिए।

    निरन्तरको लकडाउन समाधान नभएको तर्क गर्दै उद्योगी तथा व्यवसायीले निषेधाज्ञा खकुलो नबनाए अवज्ञा गर्ने चेतावनी दिदै आएका छन्। मेयर फोरमको मंगलबार बसेको बैठकले काठमाडौं उपत्यकाका सबै नाकामा सेनासहितको कडा सुरक्षा व्यवस्था गरेर  उपत्यकाभित्रको निषेधाज्ञालाई विस्तारै खोल्नुपर्ने सुझाव दिएको थियो। 

    झन्डै चार महिना लामो लकडाउन साउनेदेखि अन्त्य गरिए पनि भदौंदेखि निषेधाज्ञा सुरु भएको थियो। उपत्यकाको तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले  भदौ २ गतेको पहिलोपटक एक हप्ताका लागि निषेधाज्ञा जारी गरेका थिए। भदौ १० गतेको निर्णयानुसार यही भदौ १७ गते राति १२ बजेसम्मका लागि उक्त आदेशलाई निरन्तरता दिइएको थियो। त्यसलाई कायम राख्दै भदौं १७ गते फेरि भदौं २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो। 

    निषेधाज्ञापछि पनि उपत्यकामा स‌ंक्रमण घटेको छैन। अहिले काठमाडौंमा दैनिक चार सयको हाराहारीमा संक्रमित थपिएका छन्। कुल संक्रमितको संख्या ४८ हजार नाघिसकेको छ।  अहिले उपत्यकासहित मुलुकका चालिसभन्दा बढी जिल्लामा निषेधाज्ञा जारी  छ। सरकारले सुरुमा चैत ११ गतेदेखि झन्डै चार महिना लकडाउन गरेको थियो।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology