Logo मंगलवार, श्रावण १२ गते २०८३
images

हरितालिका तीजको पौराणिक कथामा के उल्लेख छ ?

हरितालिका तीजको पौराणिक कथामा के उल्लेख छ ?

  • 1.9K
    SHARES

  • हरितालिका तीजको पौराणिक कथामा के उल्लेख छ ?

    - नारायण भट्टराई

    हरितालिका तिज हिन्दुमहिला हरुको प्रमुख पर्बहो ।जसलाइ विशेष गरेर नेपाल तथा भारतका केही भागमा भाद्र महिनाको शुक्ल पक्षको तृतिया तिथिमा मनाइने गर्दछ ।

    हिन्दु नारी हरुले आफ्ना पिर,मर्का, वेदना हरु गितको माध्यम बाट वाहिर ल्याउने एउटा अवसर र टाढा टाढा रहेका चेलि भेटी हरु संग भेटघाटको माध्यम पनि तिज पर्वले जुराएकोछ । घरमा भएको सरसामान खाध्यान्न लाइ अलि परिमार्जन गरी बनाई खाने र आनन्द लिने गर्ने गरिन्छ ।

    अपुग हुने जस्तो लागे पसल अर्थात अन्य घरवाट दुध, घिउ, चामल, मिठाई खरिद गरि ल्याई सबै घरपरिवार जम्मा भइखुसीयाली मनाई खाने  गरिन्छ । दिदि वहिनी लाई दाक्षिणा र बस्त्र दिई खुसी पार्नेगरिन्छ । यति वेला कपडा बदल्ने पनि काम हुन्छ ।

    नया कपडा र गहना हरुको प्रयोगले पर्वको रोनक नै बडो रोचक देखिन्छ ।यस पर्वमा प्राय शिव र पार्वतीको मूर्ति बनाई पूजा आजा गरिन्छ । जुन भाग्यवती महिलाले शिवपार्वतीको पूजा गर्दछन उनिहरुले माता पार्वतीले जस्तै सुख भोग गर्ने गर्दछन भन्ने मान्यता राखिन्छ ।

    यो पर्व कुनै देश र सम्प्रदायको नक्कलको रुपमा नमाने र हाम्रो देश, परंपरा अनुसार चलेको हो भनिन्छ । हाल आएर खान पिन  र लगाउने कुरामा विदेशीको चलन भित्रिएको छ । पछिल्लो दिन उपवास बस्ने हो अघिल्लो दिन एक भक्ते भनि, माशुको भक्षण गर्ने। हरिया कपडा, चुरा, पोते, र हात, खुट्टामा हरियो पोलिस लगाउने ।IMG_4846.jpeg

    राता अक्षता ले पूजा गर्ने केहि विकृती  विदेसी हरुले मित्र्याएका छन हामी हरुले त्यसैको सीको गरी -रहेका छौ।
    उता शिव पार्वतीको र ऋषि हरुको पूजा गर्ने अर्को तर्फ माछा, मासु ,रक्सिको सेबन गर्ने  यहि परिबर्तन ले नकरात्मक असर देखिन थालेको छ । 

    पौराणिक कथा यस्तो छ : 
    हरितालिका तिजको माहात्त्म्य को कथा भगवान शंकरले पार्वतीलाई उनको पूर्वजन्मको स्मरण गराउन का लागि यस प्रकार आज्ञा भएको थियो । एक समय तिमिले हिमालय मा गंगा को किनारमा आफ्नो वाल्य अवस्थाको बाह्र वर्ष को उमेरमा तलतिर फर्केर घोर तपस्या गरेकि थियौ ।

    तिम्रो कठोर तपस्या लाई देखेर तिम्रा पिताजीलाई केलेस उत्पन्न भयो । केही समय पछि नारदजी तिम्रो पिताजी छेउ आउनु भयो । भन्न लाग्नु भयेा। कि विष्णु भगवान ले तपाईकि छोरी संग विवाहा गर्न चाहानु भएको छ । त्यसै कारण वाट मलाई तपाई संग भेट गर्न पठाउनु भएको हो ।तिम्रो पिताजीले सहस्र स्वीकार गर्नु भयो । यस पछि नारदजी विष्णु संग गएर भन्नु भयो कि हिमालय पर्वत ले आफ्नो सुपुत्री सती को विवाहा तपाई संग गराई दिन चाहानु भएकोछ विष्णु जी पनि तिमि संग विवाह गर्न राजी हुनुभयेा ।

    नारदजी त्याहावाट हिंडे पछाडी तिम्रा पिताजी ले तिमिसंग भन्नु भयो कि ? तिम्रो विवाहा श्री विष्णु संग गरिदिने मैले संकल्प गरेको छु। यो अनौठो कुरा सुने पछाडी तिमिलाई दुःख लाग्यो अनि तिमि जोड जोड संग रुन, कराउन, चिच्याउन र विलाप गर्न सूरु गरेउ । तिम्रो अति हितैसी मित्र आई तिमि संग सोध्दा तिमिले भन्यौ, मैले वाल्य काल देखी माहादेव पतिपाउ भनि घोर तपस्या गरे, आज आएर मेरो पिताजिले  विष्णु संग विवाहा गरिदिने तसल्य गर्नु भएछ।" मैंले विष्णु संग विवाहा गर्दिन मलाई यस मामला वाट बचाउ भन्दा साथीले हुन्छ भनिन । सहायता गरेनौ भने म प्राण हत्यागरी मर्ने छु। तिम्रो साथी धेरै दुरदर्सि थिइन  । उन्ले तिमिलाई एउटा घनघोर जंगलमा लगिन । जङ्गल मा गए पछि तिमी ले शिबको ध्यान उपसना गर्न थाल्यौ ।फूल , बेलपत्र , धतुरो आदि चढाएर शिबजी लाई प्रसन्न पार्यौ ।

    उता घरमा पिता तिमिलाई नपाएर धेरै चिन्तित हुनु भयो । मैले विष्णु जी संग छोरीको विवाहा काे  वचन दिएकाे थिए तिमी घरमा नभएपछी उहामुर्छा पर्नु भयो । यतातिर तिम्रो खोजी भई रहेको थियो, तिमि नदिको किनारमा एउटा गुफामा तपस्यामा लिन भई रहयो । भाद्र महिना शुक्ल पक्ष तृतीयाको हस्ता नक्षत्रमा तिमिले वालुवाको शिवलिंग बनाई त्यसको पुजा र वर्त गरयौ। रात्रीमा भजन कृतन गरी जाग्राम गरेउ । यस्तो कठिन वर्तको कारण ले म वसेको मेरो आसन डगमगाउन लाग्यो । मेरो ध्यान गुम्यो। म तिम्रो नजिक आएर वर माग्न भने तिमिले इक्षा अनुसार काे वर माग्याै मैले तिमिलाई फलवान्छित वर दिए ।तिमी लाई अर्धाङ्गिनिको  रुपमा मैले स्वीकार गर्नु परयो । तिमि लाई बरदान दिएर म कैलास आए। विहान भएपछी तिमिले पूजाका सबै सामान हरु नदिमा सेलाइदिए ।
    शामाग्री नदिमा प्रवाहित गरेर, तिम्रो शाथीको साथ वर्त  को पारायण गरयौ केही समय पछी तिम्रो पिताजी तिमिलाई खोज्न तिमि समक्ष आउनु भयो । तिमिले घर छोडेको कारण शोधनु भयो। तब तिमिले वतायौकी मैले शंकर‌भगवान लाई पतिको रुपमा वरण गरि सकेको छु, परंतु तपाई मेरो विवाहा विष्णु जी सीत गर्न चाहानु भएको थियो । यसै कारण ले मैले घर छोडेर हिडनु पर्यो। म अब तपाई संग घर यस सर्तमा जान सक्छु कि तपाई ले मेरो विवाहा विष्णु जी संग नगरेर भगवान शिब सग गरिदिनु हुन्छ।  गिरीराज ले तिम्रो कुरा स्वीकार गर्नुभयो अनि शास्त्रोक्त विधि द्वारा हाम्रो विवाहा सम्पन्न भयो । यस वर्तको हरितालिका यसरी भनिन्छ कि पार्वती का शाथीहरू‌ले पीताका घर वाट हरण गरेर घनघोर जंगलमा लिएर गएका थिए । हरित, अर्थात हरण गर्नु र आलिका अर्थात साथि सहेलि । हर तालिका, " भन्दा भन्दै हरि तालीका भए‌को हो।शंकरदेव ले यो पनि भन्नू भयोकी ?जो महिला यो व्रत परम स्रद्दाका साथ पारायण गर्दछ उसलाइ तिम्रो समान अटल शौभाग्य प्राप्त हुनेछ ।
    अर्को कुरा यो कथा श्री कृश्न सङ्ग पनि सम्बन्धित छ ।कृष्ण जन्मास्टमी को दिन मा पनि महिला हरुले कामगर्दा गर्दै खाने समय मिलेन उपबास बस्न पुगे ।तिजको दिन पनि काम गर्दा गर्दा पानी पनि नपिइ काम गरेकोले अहिलेपनी एकदमै कठोर रुपमा व्रत बस्ने गरेको पाइन्छ ।यसरी दुबैपर्बमा एउटा त्यागको भावना जागृत भएको छ ।
             अस्तु

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • मंगलवार, भाद्र १० २०८२१०:४६:४५

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology