Logo मंगलवार, श्रावण १२ गते २०८३
images

जनकपुरको खाना महोत्सवमा होटल पौवा बुटवल शाखाको विशेष प्रस्तुति रहने

जनकपुरको खाना महोत्सवमा होटल पौवा बुटवल शाखाको विशेष प्रस्तुति रहने

  • 1.8K
    SHARES

  • जनकपुरको खाना महोत्सवमा होटल पौवा बुटवल शाखाको विशेष प्रस्तुति रहने

    बुटवल,जेठ १९ ।

    होटल पौवाले जनकपुरधाममा सञ्चालनमा ल्याउन लागेको आफ्नो १९ औँ शाखाको उद्घाटन अवसरमा आयोजना हुने तीन दिने वृहत् खाना महोत्सवमा बुटवल शाखाले विशेष सहभागिता जनाउने भएको छ ।

    जेठ २२ गते हुने उद्घाटन समारोहसँगै आयोजना हुने महोत्सवमा बुटवल शाखाका अनुभवी सेफ टोलीले लुम्बिनी क्षेत्रका मौलिक स्वाद र पौवाका लोकप्रिय परिकार प्रस्तुत गर्ने तयारी गरेका छन् ।

    होटल पौवा बुटवलका जनरल म्यानेजर प्रकाश घिमिरेले जनकपुरमा आयोजना हुन लागेको खाना महोत्सव केवल खानाको प्रदर्शनी मात्र नभई नेपाली स्वाद, संस्कृति र आतिथ्यलाई जोड्ने महत्वपूर्ण अवसर भएको बताए ।

    उनले बुटवल शाखाबाट विशेष परिकारसहित दक्ष सेफहरूको टोली जनकपुर जाने तयारीमा रहेको जानकारी दिँदै लुम्बिनी क्षेत्रको खानाको पहिचानलाई मधेश प्रदेशसम्म पुर्‍याउने लक्ष्य रहेको बताए ।

    घिमिरेले भने, “पौवाको प्रत्येक शाखाले आफ्नो क्षेत्रको स्वाद र विशेषता बोकेको हुन्छ । जनकपुरको खाना महोत्सवमा बुटवल शाखाले पनि लुम्बिनी क्षेत्रका मौलिक परिकार तथा पाहुनाले रुचाएका विशेष खानाका परिकार प्रस्तुत गर्नेछ । यसले नेपाली खानाको विविधता प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास लिएका छौं ।”

    होटल पौवाका ब्राण्डिङ विभाग प्रमुख बिष्णु भण्डारीले देशका विभिन्न शाखामा कार्यरत अनुभवी सेफहरूको सहभागितामा आयोजना हुन लागेको महोत्सवले पौवाको सेवा, स्वाद र नेपालीपनलाई थप सशक्त रूपमा प्रस्तुत गर्ने बताए ।

    उनका अनुसार उद्घाटनको अवसरमा आयोजना हुने तीन दिने खाना महोत्सवमा नेपाली तथा अन्तर्राष्ट्रिय परिकारहरूको विशेष प्रदर्शनी गरिनेछ । महोत्सवमा सहभागीले देशका विभिन्न क्षेत्रका खानाको स्वाद एकै स्थानमा अनुभव गर्न सक्नेछन् ।

    जनकपुरधाममा सञ्चालनमा आएको होटल पौवाको नयाँ शाखा चारतारे स्तरको रहेको छ । होटलमा ६२ वटा सुविधासम्पन्न कोठा, स्विमिङ पुल, सेमिनार हल, रेष्टुरेन्ट, जिम, साउना, स्टिम तथा स्पा लगायतका सुविधा उपलब्ध छन् ।

    होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीका अनुसार धार्मिक, सांस्कृतिक तथा आन्तरिक पर्यटनको महत्वपूर्ण केन्द्र जनकपुरधाममा होटल सञ्चालनले मधेश प्रदेशको पर्यटन तथा आतिथ्य उद्योगको विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

    हाल होटल पौवाका शाखाहरू भैरहवा, बुटवल, गोरुसिङ्गे, भालुवाङ, लमही, घोराही, जुम्ला, तानसेन, धनगढी, पोखरा, काठमाडौं, भरतपुर, मुग्लिन, कालिञ्चोकलगायत विभिन्न स्थानमा सञ्चालनमा रहेका छन् । होटल पौवाले आगामी दिनमा देश तथा विदेशमा आफ्नो उपस्थितिलाई थप विस्तार गर्ने रणनीतिअन्तर्गत ‘मिसन १००’ अभियानलाई अघि बढाइरहेको जनाएको छ ।

    जनकपुरधाममा हुने खाना महोत्सवमा मधेश प्रदेशका उद्योगी, व्यवसायी, पर्यटनकर्मी, सञ्चारकर्मी तथा विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ । होटल पौवाले यस कार्यक्रममार्फत नेपाली स्वाद, नेपालीपन र आत्मीय आतिथ्यलाई अझ व्यापक रूपमा प्रवर्द्धन गर्ने लक्ष्य लिएको जनाएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • मंगलवार, जेठ १९ २०८३१०:३४:५१

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology