Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नवलपरासीमा एक युवकले गरे आफ्नै बुबा र छिमेकीको हत्या

नवलपरासीमा एक युवकले गरे आफ्नै बुबा र छिमेकीको हत्या

  • 834
    SHARES

  • नवलपरासीमा एक युवकले गरे आफ्नै बुबा र छिमेकीको हत्या

    नवलपरासी,जेठ २४

    नवलपरासीमा एक युवकले कोदालो प्रहार गरी आफ्नै बुबा र छिमेकीको हत्या गरेका छन् । जिल्लाको सुनवल नगरपालिका वडा नम्बर २ अवरैयामा २७ वर्षीय हेमराज थारुले बुबा ५० वर्षीय जयराम थारु र छिमेकी ७० वर्षीय नाथु धरिकारको हत्या गरेका हुन् ।

    शुक्रबार उनले कोदालोले प्रहार गरेर बुबा र छिमेकीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी बिरदत्त पन्तले रातोपाटीलाई जानकारी दिए ।हेमराजले आफ्नै बुबाको कोठाभित्रै कोदालो प्रहार गरेर हत्या गरेका हुन् । उनले लगत्तै छिमेकी धरिकारलाई घर अगाडिको बाटोमै हत्या गरेको प्रहरी जनाएको छ । 

    प्रहरी नायव उपरीक्षक पन्तका अनुसार हत्याको कारणबारे अझै खुल्न सकेको छैन ।हेमराजलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । हेमराज रुपन्देहीमा मणिग्रामस्थित सुधार गृहमा बसेर केही समय अगाडि मात्रै निस्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको  छ । उनी तीन महिना सुधार गृहमा बसेका थिए । हत्याबारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, जेठ २४ २०८२०९:१५:००

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology