बुटवल,जेठ १९ ।
बुटवल मोवाइल संघ रूपन्देहीको चौथो बार्षिक साधारणसभा सम्पन्न भएको छ । बुटवलमा सोमबार एक समारोहकाबिच साधारणसभा भएको हो ।
संघका सदस्यको बिमा योजनालाइ निरन्तरता दिने,मुल्यांकन समितिलाइ निरन्तरता दिने,अवलोकन भ्रमणमा जाने,पांच जना क्रियाशिल सदस्यलाइ हरेक बर्ष सम्मान गर्ने लगायतका योजना रहेको रहेको संघका अध्यक्ष शिवदेव अर्यालले बताउनुभयो ।
प्रमुख अतिथि बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले ब्यसायीको सुरक्षा र ब्यवसायीसंग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।
संघका अध्यक्ष अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष अर्याल ,महासचिव शालिकराम क्षेत्रीको प्रतिवेदन र कोषाध्यक्ष भुवन पाण्डेको प्रतिवेदन पास गरिएको छ ।
सो अवसरमा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि अर्याल, मोबाइल संघका केन्द्रिय सदस्य विष्णु ज्ञवाली, कपिलबस्तु मोबाइल व्यवसायी संघका नारायण घिमिरे, मोबाइल वितरक संघका राजेन्द्र पाण्डे लगायतले बोलेका थिए ।
संघका उपाध्यक्ष विकास गौतमको स्वागत तथा महासचिव शालिकराम क्षेत्रीको संचालनमा सम्पन्न भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)