Logo बिहिवार, आश्विन १ गते २०८३
images

तिनाउ खेल सप्ताहमा विभिन्न प्रतियोगिता

तिनाउ खेल सप्ताहमा विभिन्न प्रतियोगिता

  • 831
    SHARES

  • तिनाउ खेल सप्ताहमा विभिन्न प्रतियोगिता

    बुटवल, पुस २९ ।

    तिनाउ खेल सप्ताह सोमबार विभिन्न प्रतियोगिताहरु सम्पन्न भएका छन । सोमबार भएको बिगिनर्स तर्फको मन्टेस्वरीको बल कलेक्सनमा खेलमा कुशल कुँवर प्रथम सुसन आले द्वितीय र उत्सव थापा तृतीय भएका छन् ।

    त्यसैगरी सोही कक्षाको बेलुन ब्रलास्टमा सुसन आले प्रथम अनन्य चौधरी द्वितीय र साइन श्रेष्ठ तृतीय एवं नर्सरीको बेलुन ब्रलास्ट खेलमा रियान्स रसाली प्रथम सुप्रिम श्रेष्ठ द्वितीय र प्रिन्सिका गिरि तृतीय भएको सह प्राचार्य सूर्य पाण्डेले बताउनुभयो । त्यस्तैगरी कक्षाको बल कलेक्सनमा आजाज अहमद प्रथम लिबिया पाण्डे द्वितीय र एलेक्स विक तृतीय भए  भने एलकेजी तर्फको हट पोटेटोमा जेनिस बुढाथोकी प्रथम सान्वी गैरे द्वितीय  र सन्वी जिसि तृतीय भएका छन ।

    कक्षाको क्ष्ल इगत खेलमा नबिना केसी प्रथम हिमानी पंगेनी द्वितीय र एरिका खड्का तृतीय भए र युकेजी तर्फको हट पोटाटो खेलमा ईसा गाह प्रथम लेजल सुनार द्वितीय सिसम घिमिरे तृतीय र इनाउट खेलमा समारिका पोखरेल प्रथम ईसा गाह द्वितीय र बिरुषा केसी तृतीय भएका छन् । अतिरिक्त क्रियाकलाप प्रमुख अग्निधर पोखरेलका अनुसार सब जुनियर खेलतर्फ म्युजिकल चेयरमा अनुज गिरी प्रथम जेनिसा शेर्पा द्वितीय प्रिन्सिका खनाल तृतीय  भए ।

    sports.jpeg

    इङलिस डिसकसन खेलमा प्रतिक हमाल प्रथम विब्सन  भुसाल द्वितीय र सहर्ष अधिकारी तृतीय भए । जुनियरको जुनियर म्याथम्याटिकल खेलमा  रिदिश  गुप्ता प्रथम गौरव रायमाझी द्वितीय र आरुसी थापा तृतीय भए । हर्स एण्ड किङ खेलमा मुक्तिप्रसाद बलाल, सुगम अर्याल र रन्जन गाहको समूह प्रथम प्रशान्त पुन ,विराट खनाल र नमिस सुनारको समूह द्वितीय र पारस अधिकारी,ज्यासन पौडेल र रोजित अधिकारीको समूह तृतीय भए ।

    त्यसैगरी छात्रा तर्फको सोही खेलमा अर्पिता मल्ल, अप्सना बेलबासे र अनिषा कुमालको समूह प्रथम सिनल कार्की, यमुना रेग्मी, सनुता सारुको समूह द्वितीय र एन्जल खनाल, सलिना सारु रोश्नी  खाम्चाको समूह तृतीय भए । तिनाउमा अहिले १ हजार ८ सय बिद्यार्थी अध्ययनरत रहेको प्राचार्य सिता पाण्डेले जानकारी दिनुभयो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology