Logo बिहिवार, आश्विन १ गते २०८३
images

तिनाउ स्कुलमा खेल सप्ताह सुरु,१ हजार ७ सय बिद्यार्थी सहभागि हुने

तिनाउ स्कुलमा खेल सप्ताह सुरु,१ हजार ७ सय बिद्यार्थी सहभागि हुने

  • 1.9K
    SHARES

  • तिनाउ स्कुलमा खेल सप्ताह सुरु,१ हजार ७ सय बिद्यार्थी सहभागि हुने

    बुटवल,पुस २७ ।

    बुटवल उपमहानरपालिका वडा नम्बर ११ देविनगरमा रहेको तिनाउ ईंग्लीस बोडीङ्ग स्कुलमा खेलकुद सप्ताह सुरु भएको छ । शुक्रबार २६ गतेबाट भएको शुरु भएको खेल सप्ताह पुस २९ गते सम्म चल्ने छ ।

    स्कुलको २५ औं बार्षिक उत्सव तथा रजत महोत्सवको अवसरमा शुरु भएको खेल सप्ताहमा विद्यालयका १ हजार ७ सय भन्दा बढि विद्यार्थी सहभागी रहेको विद्यालय सञ्चालक समितिका अध्यक्ष यज्ञमुर्ती पाण्डेले जानकारी दिनुभयो  । खेल सप्ताह अन्र्तगत बिगिनर्स, सब जुनियर, जुनियर र सिनियर गरी चार समूहमा विभाजन गरी  खेलकुद प्रतियोगितामा सहभागी गराईने अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।IMG_7606.jpeg

    फिल्ड ट्रयाक र खेलगरी ४२ वटा विधामा स्पोर्टस मिट सम्पन्न हुने विद्यालयका प्राचार्य सिता पाण्डेले जानकारी दिनुभयो ।  खेलकुदमा विद्यार्थीहरु  फिल्ड एण्ड ट्रयाक तर्फ ८३ वटा पदकका लागि र खेलतर्फ २८६ वटा पदकका लागि प्रतिस्पर्धा गर्ने छन् ।पाण्डेका अनुसार विद्यालयले आगामी माघ महिनामा रजत महोत्सव समेत मनाउने समेत तयारी गरेको छ  ।

    खेल सप्ताह अन्र्तगत विगीर्नस ग्रुपको मन्टेश्वरीतर्फका खेलको व्यवस्थापन भूमिका मल्ल, नर्सरीमा लीला शर्माले एलकेजी युकेजीमा कविता थापाले गर्नुहुनेछ भने सब जुनियस तर्फको कक्षा १ र २ लक्ष्मी पाण्डे कक्षा ३ र ४ मा एसमिन गिरीले व्यवस्थापन गर्ने सहप्राचार्य सूर्य पाण्डेले बताउनुभयो । जुनियस तर्फको कक्षा ५,६र७ का खेलहरु दुर्गा केसीले व्यवस्थापन गर्नुहुने बिद्यालयका संयोजक नारायण पोखरेलको भनाइ छ ।59dcdd58-8524-46d1-9a64-6fc2f0c6b915.jpeg

    बिद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख अग्निधर पोखरेलका अनुसार प्रतियोगीतामा विजेता विद्यार्थीहरुलाई नगद सहितको पुरस्कार प्रदान गरिने छ । हरेक दिन फरकफरक बिधाका खेलहरुमा प्रतिस्प्रर्धा गराइएको उहाँको भनाइ छ ।
    विद्यार्थीहरुमा रहेको अन्तरनिहित प्रतिभा प्रस्फुटनको लागि खेल सप्ताहले महत्वपूर्ण भूमिका निर्बाह गर्ने बिद्यालयको अपेक्षा छ । तिनाउमा अहिले १ हजार ८ सय बिद्यार्थी अध्ययनरत रहेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology