Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रास्वपाका सभापति रवि लामिछानेलाई बीरगञ्ज लगियो

रास्वपाका सभापति रवि लामिछानेलाई बीरगञ्ज लगियो

  • 1.0K
    SHARES

  • रास्वपाका सभापति रवि लामिछानेलाई बीरगञ्ज लगियो

    काठमाडौँ,मंसिर २४ ।

    सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई वीरगन्ज लगिएको छ।

    जिल्ला अदालत कास्कीमा म्याद थप भएपछि लामिछानेलाई सोमबार वीरगन्ज लगिएको हो। पर्साको सानोपाइला सहकारीको रकम अपचलन गरेको आरोपमा उनलाई बयानका लागि वीरगन्ज लगिएको हो। प्रहरीले लामिछाने, पूर्वडिआईजी छविलाल जोशी बन्जारेसहित १४ जनालाई पक्राउ गर्न पर्सा जिल्ला अदालतबाट अनुमति लिइसकेको छ।

    लामिछानेलाई वीरगन्ज लगिने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा आसपास क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। रास्वपाका कार्यकर्ताहरू उनलाई रिहा गर्न माग गर्दै प्रदर्शनसमेत गरेका थिए।

    सहकारी ठगी प्रकरणमा संलग्न भएको आरोप लागेका लामिछानेलाई सोमबार राति जिल्ला प्रहरी कार्यालयमा राखिने बताइएको छ। उनलाई सिमरा विमानस्थलबाट प्रहरीको गाडीमा वीरगन्ज लगिएको छ।

    रास्वपा सभापति लामिछानेलाई गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरी पोखरा लगिएको छ। त्यसपछि उनलाई बयानका लागि रुपन्देही र चितवन लगिएको थियो। चितवनमा बयान सकिएपछि लामिछानेलाई पुनः पोखरा लगिएको थियो। पोखराबाट उनलाई वीरगन्ज लगिएको हो।

    वीरगन्ज महानगर–६ आदर्शनगरमा सञ्चालित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाबाट अवैध तरिकाबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा ८ करोड ५८ लाख ४४ हजार रूपैयाँ प्रवाह भएको अनुसन्धानबाट खुलेको थियो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology