Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३०० पुग्यो,थपिए ११ जना

नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३०० पुग्यो,थपिए ११ जना

  • 2.8K
    SHARES

  • नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३०० पुग्यो,थपिए ११ जना

    बुटवल, भदौ २२-

    नेपालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय पुगेको छ। पछिल्लो २४ घण्टामा ८ वटा जिल्लाका ४ महिला र ७ पुरुष गरी ११ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा काठमाडौंमा मात्र तीन जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

    काठमाडौंका ३७, ९० र ८३ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। मोरङका ७६ वर्षीय, सिरहाका ७८ र ६२ वर्षीय, सर्लाहीका ३५ वर्षीय, दोलखाका ६९ वर्षीय, मकवानपुरका ३९ वर्षीय, बाँकेका ५९ वर्षीय पुरुष र कास्कीमा ६३ वर्षीया महिलाको मृत्यु भएको छ। 

    नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ६४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। यसअघि आइतबार ९ जना कोरोना संक्रमितको मृत्यु भएको थियो। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology