Logo आइतवार, कार्तिक २२ गते २०८३
images
images

आज मंगल चौथी मनाइदै,गणेशको विशेष पूजा आराधना गरिने

आज मंगल चौथी मनाइदै,गणेशको विशेष पूजा आराधना गरिने

  • 942
    SHARES

  • आज मंगल चौथी मनाइदै,गणेशको विशेष पूजा आराधना गरिने

    बुटवल,मंसिर ४ ।

    आज मंगल चौथी मनाइदै छ ।चतुर्थी तिथिमा मंगलबार परेको दिनलाई मंगल चौथी भनिन्छ। यो दिन पनि भगवान्गणेशको आराधना गर्ने परम्परा छ।चौथीकै दिन गणेशजीको जन्म भएको पुराणमा उल्लेख छ।

    यस्तै मंगलबारकास्वामी पनि गणेश नै मानिएका छन्। त्यसैले पनि तिथि र बारको संयोग भएको यो दिन उनको आराधनाका लागिउपयुक्त मानिन्छ।यो दिन विशेषगरी २१ दुवो र २१ लड्डु चढाएर भगवान् गणेशको पूजा गरिन्छ। शिव-पार्वतीपुत्रगणेश बिघ्नहर्ता र सबै कार्यमा सिद्धि प्रदान गर्ने देवता हुन्।

    विद्या र बुद्धि प्राप्तिको कामना गर्दै उनको आराधना गरिन्छ।मंगल चौथीका अवसरमा विनायक मन्दिरमा श्रद्धालुको घुइँचो लाग्छ। काठमाडौं उपत्यकामा चार विनायक (सूर्य- चन्द्र- मरु- जल) का साथै कार्यविनायक र कमलविनायकलगायत मन्दिर यो दिनका गन्तव्य हुन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • मंगलवार, मंसिर ४ २०८१०६:४९:३८

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology