Logo बिहिवार, आश्विन १ गते २०८३
images

आज २० औँ राष्ट्रिय कफी दिवस मनाइँदै

आज २० औँ राष्ट्रिय कफी दिवस मनाइँदै

  • 1.3K
    SHARES

  • आज २० औँ राष्ट्रिय कफी दिवस मनाइँदै

    बुटवल,मंसिर १ ।

    आज २० औँ राष्ट्रिय कफी दिवस मनाइँदैछ । ‘नेपालको कफी अर्गानिक अरविका, गुणस्तरीय उत्पादन वृद्धिमा हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो ।

    नेपालमा १९९५ सालमा हिरा गिरीले बर्माबाट ल्याएको कफीको बीउ गुल्मीको आँपचौरमा रोपण गरेपछि कफी खेतीको सुरूआत भएको मानिन्छ । नेपालमा शुरूदेखि नै रोपण गरेको कफी अराविका जातको हो ।

    अराविका कफी पारखीको पहिलो रोजाईमा पर्ने र विश्वमा कुल उत्पादनको झन्डै ७५ प्रतिशत यही जातको उत्पादन हुने गरेको छ । विशेषगरी शहरी क्षेत्रमा बढ्दो कफी संस्कृतिले गर्दा कफीको आन्तरिक बजारमा बढ्दै गएको छ ।नेपालमा उत्पादन भएको कफीले आन्तरिक माग एक महिना पनि नधान्ने राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ ।

    साथै नेपाली कफीको माग स्वदेश तथा विदेशमा उच्च रहेको छ । तर मागअनुसार आपूर्ति नहुँदा विगत केही वर्ष कफीको आयात बढेकोमा पछिल्ला दुई-तीन वर्षमा न्यून मात्रामै भए पनि निर्यात गर्न थालिएको छ ।

    भन्सार विभागको आर्थिक वर्ष २०७९-०८० को तथ्याङ्कअनुसार १३ करोड ४ लाख रुपैयाँ बराबरको ७७ दशमलव ८६ मेट्रिक टन कफी निर्यात हुँदा ३२ करोड ५८ लाख रुपैयाँ बराबरको ४ सय ५० मेट्रिक टन कफी आयात भएको थियो ।

    त्यस्तै २०८०-०८१ मा १४ करोड ९२ लाख रुपैयाँ बराबरको ८९ मेट्रिक टन कफी निर्यात हुँदा ४१ करोड ९८ लाख रुपैयाँ बराबरको ४ सय ४३ मेट्रिक टन कफी आयात भएको तथ्याङ्क छ ।

    २०८०-८१ मा नेपालभर झण्डै पाँच सय मेट्रिक टन ग्रीनबीन कफी उत्पादन भएको छ ।देशभर चार हजार तीन सय हेक्टरमा कफी खेती विस्तार भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले कफीको न्यूनतम मूल्य निर्धारण गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, मंसिर १ २०८१०८:०५:०६

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology